अनेरास्ववियु २४ औँ महाधिवेशन: दुई जना सचिवालय सदस्यसहित १२ जना निर्विरोध निर्वाचित
काठमाडौँ । अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनमा २ जना सचिवालय सदस्यसहित १२ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभा हलमा जारी महाधिवेशनमा उम्मेदवारहरुको अन्तिम नामावली अनुसार २ जना सचिवालय सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
नयाँ नेतृत्वका लागि २ सउ ३ पदमा ५ सय १ जनाले उम्मेदवारी दिएका छन् । ती मध्ये सचिवालय सदस्यमा महिलातर्फ बिहानी पंगेनी र भुमिका कुमारी कुवर निर्विरोध निर्वाचित भएका हुन् । उनीले दिएको उम्मेदवारीमा अर्को उम्मेदवारी नपरेपछि उनीहरू निर्विरोध भएका हुन् ।
त्यस्तै केन्द्रीय कमिटी सदस्यतर्फ त्रिवि केन्द्रीय क्याम्पसबाट सिद्धान्त भट्ट, सुदूरपश्चिम महिलातर्फबाट अन्जली उपाध्यय, पदमा कुमारी ओली (प्रतिक्षा) र यशोदा सिंह थापा समेत निर्विरोध निर्वाचित भएका हुन् । सुदूरपश्चिम महिला तर्फ ३ जना सदस्यको प्रावधान छ ।
त्यस्तै जनजाति महिलातर्फ सन्ज्योति नेम्वाङ्ग, दलित महिलातर्फ रञ्जना घतानी, पिछडिएको क्षेत्र महिलातर्फ मनिष भुल निर्विरोध निर्वाचित भएका हुन् ।
त्यस्तै निर्वाचन आयोगको महिला सदस्यबाट प्राथना डोटेल निर्विरोध भएकी छन् । निर्वाचन आयोगको महिला सदस्यका लागि ४ जनाको कोटा थियो । तर त्यसमा डोटेलको मात्रै उम्मेदवारी परेको हो । त्यस्तै लेखा आयोगको महिला सदस्य तर्फ उत्सवी ढकाल र रेखा तिवारी निर्विरोध निर्वाचित भएका हुन् । चार जनाको कोटा रहेको लेखा आयोगको महिला सदस्यमा २ जनाको मात्रै उम्मेदवारी परेको हो । त्यस्तै
अनेरास्ववियु २४ औँ महाधिवेशन आयोजक कार्यालय सदस्य मदन विष्टले उम्मेद्वारहरुको उमेर रुजु गर्दै जाँदा आजका लागि तोकिएको मतदान हुन नसकेको बताए ।
भोली बिहान ८ बजेदेखि मतदानको कार्यतालिका रहेको छ । विद्युतीय भोटिङ मेसिनमार्फत मतदान हुनेछ । र मतदान सम्पन्न भएको केही समयमै मत परिणाम आउने विष्टले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण