सुनको मूल्य निरन्तर उकालोतिर
बिहीबार, २९ जेठ २०८२, ११ : २७

समाचार सारांश
- अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढ्दै जाँदा, स्थानीय बजारमा सुनको मूल्यमा वृद्धि भएको छ।
- बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा रु एक हजार ६०० ले वृद्धि हुँदा चाँदीमा भने रु १५ ले गिरावट आएको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुनको मूल्य रु एक लाख ९२ हजार ९०० र चाँदी रु दुई हजार १५० कायम भएको छ।
काठमाडौँ । गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजार ६०० ले वृद्धि भएको छभने चाँदीमा रु १५ ले गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९२ हजार ९०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार १५० मा कारोबार भइरहेको छ ।
गत मङ्गलबार एक तोला सुन रु एक लाख ९० हजार तथा सोही परिमाणको चाँदी रु दुई हजार १६५ मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३८८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।