सुनको मूल्य निरन्तर उकालोतिर
बिहीबार, २९ जेठ २०८२, ११ : २७
सारांश
- अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढ्दै जाँदा, स्थानीय बजारमा सुनको मूल्यमा वृद्धि भएको छ।
- बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा रु एक हजार ६०० ले वृद्धि हुँदा चाँदीमा भने रु १५ ले गिरावट आएको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुनको मूल्य रु एक लाख ९२ हजार ९०० र चाँदी रु दुई हजार १५० कायम भएको छ।
काठमाडौँ । गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजार ६०० ले वृद्धि भएको छभने चाँदीमा रु १५ ले गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९२ हजार ९०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार १५० मा कारोबार भइरहेको छ ।
गत मङ्गलबार एक तोला सुन रु एक लाख ९० हजार तथा सोही परिमाणको चाँदी रु दुई हजार १६५ मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३८८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण