मध्यपूर्वमा तनाव चर्किएसँगै बढ्यो तेलको भाउ
सारांश
- इराकमा अमेरिकी दूतावास खाली गर्ने तयारीका कारण विश्व बजारमा कच्चा तेलको भाउ बढेको छ।
- लन्डनस्थित आईसीई एक्सचेञ्जमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ६९.७७ डलर पुग्यो, जुन अघिल्लो दिनको तुलनामा ४.३४ प्रतिशतले बढी हो।
- इरान र अमेरिकाबीचको बढ्दो तनाव र इरानले अमेरिकी सैन्य शिविरमा आक्रमणको धम्की दिएका कारण तेलको आपूर्ति प्रभावित हुनसक्ने अनुमान गरिएको छ।
न्यूयोर्क । विश्व बजारमा कच्चा तेलको भाउ बढेको छ । अमेरिकाले इराकमा रहेको आफ्नो दूतावास खाली गर्ने तयारी गरिरहँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको हो । लन्डनस्थित आईसीई एक्सचेञ्जमा बिहीबार बिहानी समयमा बे्रन्ट क्रुडको भाउ २ डलर ९० सेन्टले बढेर प्रतिब्यारेक ६९ डलर ७७ सेन्टमा पुगेको थियो ।
अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा यो ४ दशमलव ३४ प्रतिशत धेरै हो । सोही दिन अमेरिकी बेन्चमार्क वेष्ट टेक्सास इन्टरमिडियट पनि ३ डलर १७ सेन्टले बढेर ६८ डलर १५ सेन्टमा उक्लिएको थियो । बिहीबारको कारोबारमा तेलको दुवै बेञ्चमार्कको भाउ बढेर अप्रिलको शुरुआती दिनयताकै उच्च स्तरमा पुगेका थिए ।
पेट्रोल निर्यातकर्ता देशहरूको संगठन (ओपेक)को दोस्रो ठुलो तेल उत्पादक हो इराक । अमेरिकाले इराकमा रहेको दूतावास खाली गर्ने तयारी गरिरहेको अप्रत्याशित खबर आएपछि व्यापारीहरूले धेरै क्रुड फ्यूचर्स किनेका थिए । बजारले यतिबेला यति ठुलो भूराजनीतिक जोखिमको अपेक्षा नगरेको प्राइस फ्यूचर्स ग्रुपमा विश्लेषक रहेको फिल फ्लिनले भने ।
यस अघि इरानी रक्षामन्त्री अजिज नासिरजादेहले परमाणु वार्ता विफल भयो र अमेरिकासँग द्वन्द्व बढ्यो भने इरानले सो क्षेत्रको अमेरिकी सैन्य शिविरमा आक्रमण गर्ने धम्की दिएका थिए । इरानसँग अमेरिकाको तनाव बढ्नु भनेको इरानी तेलको आपूर्ति सीमित हुनु हो ।
ओपेक र समूहबाहिरका प्रमुख तेल उत्पादकहरूले तेलको उत्पादन जुलाईमा दैनिक ४ लाख ११ हजार ब्यारेलले बढाउने योजना बनाएकोले तेलको आपूर्ति भने धेरै प्रभावित हुने छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण