एमाले महासचिव पोखरेल बेलायत प्रस्थान
बिहीबार, २९ जेठ २०८२, १३ : १८
सारांश
- नेकपा एमालेका महासचिव शंकर पोखरेल प्रवासी नेपाली मञ्चको सम्मेलनमा भाग लिन बेलायत गएका छन्।
- भोलिबाट सुरु हुने सम्मेलनमा पोखरेलले सम्बोधन गर्नेछन्, साथै पोलिटब्युरो सदस्य सुजिता शाक्य पनि बेलायत गएकी छन्।
- पोखरेलले बेलायतमा नेपाली समुदाय र कूटनीतिज्ञहरूसँग भेटघाट गर्नेछन् र असार ८ गते स्वदेश फर्किनेछन्।
दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेल बेलायत गएका छन् । प्रवासी नेपाली मञ्चको नवौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न महासचिव पोखरेल आज बेलायत प्रस्थान गरेका हुन् ।
भोलिदेखि सुरु हुने सम्मेलनको उद्घाटन गर्न पोखरेलका साथमा एमालेका पोलिटब्युरो सदस्य सुजिता शाक्य पनि बेलायत गएकी छन् । बेलायत भ्रमणका क्रममा महासचिव पोखरेलले त्यहाँका नेपाली समुदायसँगै विभिन्न कूटनीतिज्ञ सँग भेटवार्ता गर्ने कार्यक्रम रहेका एमाले केन्द्रीय सदस्य एवं युरोप-अमेरिका इन्चार्ज घनश्याम पाण्डेले जानकारी दिएका छन् । महासचिव पोखरेल असार ८ गते स्वदेश फर्कने उनको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण