एमाले महासचिव पोखरेल बेलायत प्रस्थान
बिहीबार, २९ जेठ २०८२, १३ : १८
_urtz4ApxUq.jpg)
समाचार सारांश
- नेकपा एमालेका महासचिव शंकर पोखरेल प्रवासी नेपाली मञ्चको सम्मेलनमा भाग लिन बेलायत गएका छन्।
- भोलिबाट सुरु हुने सम्मेलनमा पोखरेलले सम्बोधन गर्नेछन्, साथै पोलिटब्युरो सदस्य सुजिता शाक्य पनि बेलायत गएकी छन्।
- पोखरेलले बेलायतमा नेपाली समुदाय र कूटनीतिज्ञहरूसँग भेटघाट गर्नेछन् र असार ८ गते स्वदेश फर्किनेछन्।
दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेल बेलायत गएका छन् । प्रवासी नेपाली मञ्चको नवौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न महासचिव पोखरेल आज बेलायत प्रस्थान गरेका हुन् ।
भोलिदेखि सुरु हुने सम्मेलनको उद्घाटन गर्न पोखरेलका साथमा एमालेका पोलिटब्युरो सदस्य सुजिता शाक्य पनि बेलायत गएकी छन् । बेलायत भ्रमणका क्रममा महासचिव पोखरेलले त्यहाँका नेपाली समुदायसँगै विभिन्न कूटनीतिज्ञ सँग भेटवार्ता गर्ने कार्यक्रम रहेका एमाले केन्द्रीय सदस्य एवं युरोप-अमेरिका इन्चार्ज घनश्याम पाण्डेले जानकारी दिएका छन् । महासचिव पोखरेल असार ८ गते स्वदेश फर्कने उनको सचिवालयले जनाएको छ ।