संसद् अवरोध खुलाउने विषयमा सभामुख र प्रचण्डबिच छलफल
काठमाडौँ । भिजिट भिसा प्रकरणका कारण अवरुद्ध रहेको प्रतिनिधिसभा खुलाउन सभामुख देवराज घिमिरे र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बिच छलफल भएको छ ।
बिहीबार संसद् भवन नयाँ बानेश्वरमा भइरहेको छलफलमा उपसभामुख इन्दिरा रानामगर र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे पनि सहभागी छन् ।
बैठकमा सदनको गतिरोध अन्त्यका विषयमा छलफल भइरहेको सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसामा सेटिङ भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव तिर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरेपछि प्रतिपक्षी दलहरूले जेठ १३ गतेबाट संसद् बैठकमा अवरोध गर्दै आएका छन् ।
प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा तथा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउनु पर्ने माग राखेका छन् ।
सत्तापक्ष भने संवैधनिक निकाय अख्तियारले छानबिन गरिरहेको विषयमा छानबिनका लागि समानान्तर समिति बनाउन आवश्यक नरहेको बताउँदै आएको छ ।
गृहमन्त्री अख्तियारको छानबिनको घेरामा नरहेकाले उनले राजीनामा दिन नपर्ने पनि सत्तारुढ दलहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण