शुक्रबारसम्म प्रतिपक्षी र सत्तापक्षबिच सहमति हुन्छ : प्रचण्ड
बिहीबार, २९ जेठ २०८२, १९ : ५७
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तापक्षले भिजिट भिसा प्रकरणमा अध्ययन र छानबिन गर्ने प्रतिबद्धता जनाएको बताएका छन् ।
बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले भिजिट भिसा प्रकरण गम्भीर बिषय भएकाले छानबिन गर्नुपर्ने आफुहरुको मागमा सत्तापक्षले सकारात्मक प्रतिबद्धता जनाएको बताएका हुन् ।
उनले शुक्रबारसम्म प्रतिपक्षी र सत्तापक्षबीच सहमति हुने उल्लेख गरे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले थप छलफल गर्नुपर्ने बताएपछि बिहीबारको सदन केहिबेर बसेर स्थगित गरिएको उनले बताए ।
प्र्रतिपक्षी दलहरुबीच पनि सकारात्मक कुराकानी भइरहेको उनको भनाइ छ । प्रचण्डले समिति बनाएपछि तत्काल छानविन सुरु हुने भन्दै अख्तियारसंग कुनै सरोकार नरहेको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण