अस्ट्रेलियाको नाटकीय पतनपछि वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनल रोमाञ्चक मोडमा
सारांश
- अस्ट्रेलियाले दोस्रो इनिङ्समा ब्याटिङमा खराब प्रदर्शन गर्यो, जसले खेललाई रोमाञ्चक मोडमा पुर्यायो।
- दक्षिण अफ्रिकाले पहिलो इनिङ्समा राम्रो सुरुवात गरे पनि पछि कमजोर प्रदर्शन गर्यो, जसमा कमिन्सले ६ विकेट लिए।
- अस्ट्रेलियाले दोस्रो इनिङ्समा ८ विकेट गुमाएर १४४ रन बनायो, तर २१८ रनको अग्रता कायम राखेको छ।
लर्डस । अस्ट्रेलियाले वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनलको दोस्रो इनिङ्समा नाटकीय ब्याटिङ पतन भोगेपछि खेल रोमाञ्चक मोडमा पुगेको छ । लर्ड्समा भएको खेलको अर्को दिन पनि बलरहरूको वर्चस्वसँगै सकिएको हो।
दक्षिण अफ्रिकाले आफ्नो पहिलो इनिङ्स ४३-४ रनबाट सुरु गर्दै लन्चसम्ममा १२१-५ रनसम्म पुर्याएको थियो। ३६ रन बनाएका कप्तान टेम्बा बावुमा मात्र बिहानको सत्रमा आउट भएका थिए।
तर, पहिलो दुई घण्टा स्थिर देखिएको खेल त्यसपछि एकाएक परिवर्तन भयो । बाँकी दुई सत्रमा १३ विकेट झरे।
अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले लन्चपछि ६ विकेट लिएर दक्षिण अफ्रिकालाई झट्का दिए । यसमा अन्तिम पाँच विकेट केवल १२ रनमै गुम्यो।
दक्षिण अफ्रिकाका लागि डेभिड बेडिङह्यामले सर्वाधिक ४५ रनको योगदान दिए। कूल १३८ रनमा चार जना ब्याटर मात्र दोहोरो अंकमा पुगे।
पहिलो इनिङ्सको समाप्तिमा कमिन्सको टोली बलियो अवस्थामा देखिएको थियो । तर दक्षिण अफ्रिकी बलिङ आक्रमणले चियापछि अस्ट्रेलियाको शीर्ष क्रमलाई ध्वस्त गर्दै खेल फेरिदियो।
मार्नस लाबुसेन र स्टिभ स्मिथ मात्र अस्ट्रेलियाली शीर्ष छ ब्याटरहरूबाट दोहोरो अंकमा पुगे। लुंगी एनगिडी (३-३५) र कगिसो रबाडा (३-४४) ले उत्कृष्ट बलिङ गरे। मार्को यान्सेन र वियान मुल्डरले पनि एक-एक विकेट लिए।
विकेटकिपर एलेक्स केरीले ५० बलमा ४३ रन बनाउँदै प्रतिरोध गरेका थिए, तर उनलाई रबाडाले एलबीडब्लुको धरापमा पारे । दिनको अन्त्यमा अस्ट्रेलिया ८ विकेटमा १४४ रन बनायो । टोलीले २१८ रनको अग्रता बनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण