इजरायलद्वारा 'रिभोलुसनरी गार्ड्स' को मुख्यालयमा पनि आक्रमण
सारांश
- इजरायलले शुक्रबार तेहरानस्थित ‘इस्लामिक रिभोलुसनरी गार्ड्स’को मुख्यालयमा आक्रमण गरेको इरानी टेलिभिजनले जनाएको छ।
- आक्रमणमा बालबालिकासहित मानिसहरूको मृत्यु भएको बताइएको छ भने तेहरानका आवासीय क्षेत्रमा पनि क्षती पुगेको छ।
- तेहरानको इमाम खोमेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै उडानहरू स्थगित गरिएको छ।
तेहरान । इरानको सरकारी टेलिभिजनले इजरायलले शुक्रबार बिहान गरेको आक्रमणमा तेहरानस्थित ‘इस्लामिक रिभोलुसनरी गार्ड्स’ को मुख्यालयलाई पनि लक्षित गरिएको जानकारी दिएको छ। स्थानीय सञ्चारमाध्यमहरूले उक्त स्थानमा आगो र धुवाँ निस्किएको देखिएको प्रत्यक्षदर्शीहरूको हवाला दिँदै जनाएका छन्।
इस्लामिक रिभोलुसनरी गार्ड्स इरानको सशस्त्र बल अन्तर्गतको एउटा बलियो र प्रभावशाली शाखा हो, जसले देशको आन्तरिक सुरक्षा, विदेश नीति र आणविक कार्यक्रममा समेत गहिरो प्रभाव राख्छ।
सञ्चारमाध्यमका अनुसार इजरायली मिसाइलले तेहरान र अन्य सहरका आवासीय क्षेत्रहरूमा पनि प्रहार गरेका छन्। रायटर्सले इरानी टेलिभिजनलाई उद्धृत गर्दै मारिनेहरूमा बालबालिका पनि रहेको जनाएको छ।
यता, तेहरानको मुख्य अन्तर्राष्ट्रिय विमानस्थल, इमाम खोमेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै उडानहरू स्थगित गरिएको इरानी सञ्चारमाध्यमले जनाएका छन्। उक्त विमानस्थल तेहरानको दक्षिणपश्चिमतर्फ करिब ३० किलोमिटरको दूरीमा अवस्थित छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण