एमाले महासचिव पोखरेल बेलायत प्रस्थान

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेल बेलायत र कतारमा आयोजना हुने विभिन्न कार्यक्रममा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका छन् । उनले प्रवासी नेपाली मञ्च बेलायत राष्ट्रिय कमिटीको अधिवेशनलाई उद्घाटन तथा सम्बोधन गर्नेछन् ।
महासचिव पोखरेलले भ्रमणका क्रममा बेलायतस्थित कार्ल मार्क्सको समाधिमा पुष्प अर्पण गर्नेछन् । उनी बेलायत भ्रमणमा रहँदा बेलायतको कम्युनिस्ट पार्टी अफ ग्रेट ब्रिटेनको नेतृत्वसँग छलफल, मोन्टफर्ट विश्वविद्यालयको अवलोकन, बेलायतमा रहेका विभिन्न नेपाली जनसंगठन तथा संंघ–संस्थाहरूसँग छलफल, भेटघाट र अन्तरक्रिया, बेलायतस्थित नेपाली समुदायले आयोजना गर्ने कार्यक्रमहरूमा सरिक रहनेछन् ।
महासचिव पोखरेल बेलायतपछि कतारमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । मध्यपूर्वमा अत्यधिक नेपाली श्रमिकहरू कार्यरत रहेको सन्दर्भमा उनले कतारस्थित नेपाली श्रमिकहरूका समस्याबारे छलफल, विमर्श गर्नुका साथै श्रमिक समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
महासचिव पोखरेलको यो भ्रमण १० दिनको हुने कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली आक्रमणबाट ७८ जनाको मृत्यु तीन सय बढी घाइते
-
चार जिल्लाका ११ स्थानीय तह ‘ग्रेटर मुन्दुम’ पदमार्गको विकासमा जुट्दै
-
प्रधानमन्त्रीसँग विश्व बैंकका प्रमुख प्रशासकीय अधिकृतको शिष्टाचार भेट
-
इजरायली पाइलट पक्राउ परेको इरानी दाबी झुटो: इजरायली सेना
-
इरानी आक्रमणपछि इजरायलमा हाल ४० जना उपचाररत
-
इजरायली रक्षा मन्त्रीको चेतावनीः ‘इरानले रातो रेखा पार गर्यो’