एमाले महासचिव पोखरेल बेलायत प्रस्थान
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेल बेलायत र कतारमा आयोजना हुने विभिन्न कार्यक्रममा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका छन् । उनले प्रवासी नेपाली मञ्च बेलायत राष्ट्रिय कमिटीको अधिवेशनलाई उद्घाटन तथा सम्बोधन गर्नेछन् ।
महासचिव पोखरेलले भ्रमणका क्रममा बेलायतस्थित कार्ल मार्क्सको समाधिमा पुष्प अर्पण गर्नेछन् । उनी बेलायत भ्रमणमा रहँदा बेलायतको कम्युनिस्ट पार्टी अफ ग्रेट ब्रिटेनको नेतृत्वसँग छलफल, मोन्टफर्ट विश्वविद्यालयको अवलोकन, बेलायतमा रहेका विभिन्न नेपाली जनसंगठन तथा संंघ–संस्थाहरूसँग छलफल, भेटघाट र अन्तरक्रिया, बेलायतस्थित नेपाली समुदायले आयोजना गर्ने कार्यक्रमहरूमा सरिक रहनेछन् ।
महासचिव पोखरेल बेलायतपछि कतारमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । मध्यपूर्वमा अत्यधिक नेपाली श्रमिकहरू कार्यरत रहेको सन्दर्भमा उनले कतारस्थित नेपाली श्रमिकहरूका समस्याबारे छलफल, विमर्श गर्नुका साथै श्रमिक समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
महासचिव पोखरेलको यो भ्रमण १० दिनको हुने कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण