कालो मसी प्रहार प्रकरण : न्यायाधीशका अंगरक्षकसहित सुरक्षाकर्मीलाई फिर्ता बोलाइयो
सारांश
- वीरगन्जमा उच्च अदालतका न्यायाधीश खुसीराम थारुमाथि कालो मसी प्रहार भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।
- घटनापछि न्यायाधीशका अङ्गरक्षक र सुरक्षाकर्मीलाई फिर्ता बोलाएर नयाँ टोली खटाइएको छ।
- अदालतमा आवतजावत गर्नेहरूमाथि निगरानी बढाइएको छ र प्रवेशद्वारमा जाँच कडा पारिएको छ।
वीरगन्ज । उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका न्यायाधीश खुसीराम थारुमाथि कालो मसी प्रहार प्रकरणपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । इजलासमै न्यायाधीशमाथि कालो मसी प्रहार भएपछि त्यसको १२ घण्टा नबित्दै पर्सा प्रहरीले अङ्गरक्षकसहित त्यहाँ खटिएका सुरक्षाकर्मीको टोलीलाई फिर्ता बोलाएको हो ।
न्यायाधीश थारुका अङ्गरक्षक र खटिएका सुरक्षाकर्मीको टोली फिर्ता बोलाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्रले जानकारी दिए । ‘आज बिहान उच्च अदालतको अनुगमन गरेका थियौँ, त्यसपछि त्यहाँ खटिएका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाएका छौँ’ उनले भने ।
अदालतमा प्रहरी सहायक निरीक्षक (असई) को कमान्डमा रहेको सुरक्षाकर्मीको टोली फिर्ता बोलाएर करिब २ दर्जनको हाराहारीमा नयाँ टोली खटाइएको छ ।
यसैगरी उच्च अदालतका १३ जना न्यायाधीशहरूका सबै अङ्गरक्षकलाई फिर्ता बोलाइएको प्रहरी प्रमुख मिश्रले बताए ।
कालो मसी प्रहार प्रकरणपछि अहिले उच्च अदालतमा आवतजावत गर्नेहरूमा कडा निगरानी बढाइएको छ । प्रवेशद्वारमै जाँच गरेर मात्र इजलासमा जान दिइएको प्रहरी प्रमुख मिश्रको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण