शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय

आजको राज्य लथालिङ्ग हुनुको सबैभन्दा बढी जिम्मेवार माओवादी हो : विप्लव

शुक्रबार, ३० जेठ २०८२, १७ : ०७
शुक्रबार, ३० जेठ २०८२

समाचार सारांश

  • विप्लवले अहिलेको राज्यको लथालिङ्ग अवस्थाका लागि माओवादीलाई जिम्मेवार ठहराए।
  • उनले क्रान्तिपछि सत्तामा पुगेका नेताहरू सत्तालिप्सामा लागेको र राज्य पुनर्संरचनामा चुकेको बताए।
  • विप्लवले नयाँ शक्तिलाई जनयुद्धको योगदान र श्रमिकको अवस्थाबारे कार्यपत्रमा समावेश गर्न सुझाव दिए।

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले अहिलेको राज्य लथालिङ्ग हुनुमा सबैभन्दा बढी जिम्मेवार माओवादी भएको बताएका छन् ।

  नेसपा (नयाँ शक्ति)को १०औँ स्थापना दिवसको अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा विप्लवले क्रान्तिपछि राज्यसत्तामा पुगेका व्यक्तिहरू नै सत्तालिप्सामा लाग्दा यस्तो समस्या आएको बताएका हुन् । 

‘हामी कलेज छोडेर प्रचण्ड, किरण, बाबुराम, बादल, सिपी गजुरेलको पछि लागेर जनयुद्धमा होमिएका हौँ । क्रान्तिपछि राज्य पुनर्संरचना कस्तो हुनुपर्छ भन्नेमा हामी चुक्यौँ । माओवादीले जस्तो राज्य चाहेको थियो, त्यस्तो हुन सकेन । तर अर्थप्रणाली कस्तो हुनुपर्छ भन्नेमा देखाउन सकिन्थ्यो’, उनले भने, ‘आजको राज्यको लथालिङ्ग हुनुमा सबैभन्दा जिम्मेवार माओवादी हो । नितान्त माओवादी मन्त्री, प्रधानमन्त्री लगायत राज्यका पद बाँडफाँटमा लिप्त भए ।  क्रान्तिपछि सबैभन्दा विचलित भएको युवाहरू रहेका छन् । गणतन्त्रलाई योगदान गरेका मान्छेहरूको घरमा खाने अन्न छैन । पुरानै  सामन्ती फर्किएर आइसकेका छन् । त्यस कारण राज्यका संरचना नै अधुरो छ ।’ 

नयाँ शक्तिले पेस गरेको कार्यपत्रमा अग्रगामी परिवर्तन, आत्मनिर्भर सहितको समृद्धि, जनयुद्धको योगदान, राष्ट्रिय स्वाधीनता, आजको राज्यसत्ता र श्रमिकबिचको मुख्य अनन्तर विरोधलाई समेट्न विप्लवले सुझाव दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप