माइतीघर मण्डलाबाट नेकपा बहुमत निकट ७ विद्यार्थी पक्राउ
सारांश
- काठमाडौंमा नेकपा बहुमत पार्टीका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ, सहकर्मी रिहाइको माग गर्दै उनीहरूले प्रदर्शन गरेका थिए।
- पक्राउ पर्नेहरूमा अखिल क्रान्तिकारी विद्यार्थी संगठनका महासचिव उषा किरण कामी लगायतका नेता तथा कार्यकर्ताहरू छन्।
- वीरगन्जमा न्यायाधीशद्वयलाई मसी छ्यापेको विरोधमा उनीहरूले प्रदर्शन गरेका थिए, जसले गर्दा उनीहरूलाई पक्राउ गरिएको हो।
काठमाडौँ । सहकर्मी रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका नेकपा बहुमत पार्टीका ७ जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेकपा बहुमत निकट विद्यार्थी सङ्गठनमा आबद्ध विद्यार्थीहरू छन् ।
वीरगन्जमा न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनलाई मसी छ्याप्दा पक्राउ परेकाहरूलाई रिहाइ गर्न माग गर्दै उनीहरूले शुक्रबार प्रदर्शन गरेका हुन् । आरोपीहरूलाई माइतीघर मण्डलाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा नेकपा बहुमतको विद्यार्थी सङ्गठन ‘अखिल क्रान्तिकारी विद्यार्थी संगठन’का महासचिव उषा किरण कामी, केन्द्रीय सचिव हरि विष्ट, केन्द्रीय सदस्य सर्जन पाण्डे, ललितपुर जिल्ला अध्यक्ष सक्षम विक, केन्द्रीय सदस्य झक बिक, काठमाडौँ जिल्ला सदस्य सर्जन कामी र युवा सङ्गठनका उपाध्यक्ष प्रमोद सिंह छन् ।
न्यायाधीशद्वयलाई कालो मसी छ्यापेको आरोपमा पर्सा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको थियो । वीरगन्जस्थित उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश थारुलाई बिहीबार आरोपीहरूले चेम्बरमा बसिरहेको अवस्थामा कालो मसी छ्यापेका हुन् । न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनले हत्या आरोपी कांग्रेस नेता मोहमद अफताव आलमलाई सफाइ दिने फैसला गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण