शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय

१ लाख २० हजार नगद सहित १२ जुवाडे पक्राउ

शुक्रबार, ३० जेठ २०८२, २१ : ४८
शुक्रबार, ३० जेठ २०८२

काठमाडौँ । काठमाडौँको शान्तिनगरबाट प्रहरीले १२ जना जुवाडेहरूलाई पक्राउ गरेको छ ।

जुवा खालबाट शुक्रबार १ लाख २० हजार नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । 

आरोपीहरूले ठुलो रकमको कारोबार अनलाइनबाट गर्ने गरेको भेटिएको छ । आरोपीहरूमाथि प्रहरी वृत्त बानेश्वरले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप