मिस ग्रान्ड नेपाल २०२५ मा प्रभावशाली प्रस्तुति दिँदै चाहना प्रधान
सारांश
- रामेछापकी चाहना प्रधानले मिस ग्रान्ड नेपाल २०२५ मा उत्कृष्ट प्रस्तुति दिँदै चर्चा बटुलेकी छिन्।
- कृषिमा डिप्लोमा गरेकी चाहना रामेछापबाट छनोट भएकी एक मात्र प्रतिस्पर्धी हुन् र उनले पहिलो हप्तामै राम्रो प्रगति गरिन्।
- प्रतियोगिताको अन्तिम चरण साउनमा हुनेछ, विजेताले नगद, स्कुटर र चलचित्रमा अभिनयको अवसर पाउनेछन्।
काठमाडौँ । रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ निवासी चाहना प्रधानले मिस ग्रान्ड नेपाल २०२५ मा प्रभावशाली प्रस्तुति दिँदै आफूलाई उत्कृष्ट प्रतिस्पर्धीका रूपमा स्थापित गरेकी छन् । प्रतियोगिताको प्रारम्भिक चरणदेखि देखिएको उनको आत्मविश्वास, व्यक्तित्व र प्रस्तुतिले निर्णायकहरू तथा प्रशिक्षकहरूको ध्यान खिच्न सफल भएको बताइएको छ।
कृषि विषयमा डिप्लोमा अध्ययन पूरा गरेकी चाहना यस वर्ष रामेछापबाट छनोटमा परेकी एक मात्र सहभागी हुन्। गाउँको सरल परिवेशबाट उदाउँदै राष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगितामा आफ्नो पहिचान बनाएकी उनले प्रारम्भिक प्रशिक्षणको पहिलो हप्तादेखि नै उल्लेखनीय प्रगति देखाएकी छन्।
उनका पिता राजु प्रधान र आमा सपना प्रधान हुन्। सामाजिक उत्तरदायित्वप्रति सचेत, अनुशासित र आत्मविश्वासी चाहना अनुशासन र प्रस्तुतिमैत्री शैलीका लागि परिचित छिन्।
प्रतियोगिताको ग्रान्ड फिनाले साउन महिनाको अन्त्यतिर हुने तय भएको छ। आयोजक आरके इन्टरटेन्मेन्ट ग्रुपका अनुसार, यस वर्षको विजेताले नगद पुरस्कार, ईभी स्कुटर, ‘गुडविल एम्बासडर’ को उपाधि, नेपाली चलचित्रमा अभिनयको अवसरसहित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने विशेष अवसर प्राप्त गर्नेछिन्।
प्रतियोगितामा देखिएको चाहनाको आत्मबल, सरलता र स्पष्ट अभिव्यक्तिको शैलीले उनी मिस ग्रान्ड नेपाल २०२५ को सम्भावित विजेता बन्न सक्ने विश्वास धेरैको रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण