इरान इजरायल तनाव
नेतन्याहूको चेतावनीः ‘अझै धेरै बाँकी छ’
शनिबार, ३१ जेठ २०८२, ०१ : ४१
सारांश
- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानविरुद्धको आक्रमणमा अझै कडा कारबाहीको चेतावनी दिएका छन्।
- नेतन्याहूले इरानको शासन इतिहासमै कमजोर रहेको बताएका छन् र इरानी जनतालाई स्वतन्त्रताका लागि उठ्न आह्वान गरे।
- उनले इजरायलको लडाइँ इरानी जनतासँग नभई इरानको शासनसँग भएको स्पष्ट पारे।
काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानविरुद्धको आक्रमणमा अझै कडा कारबाही हुने चेतावनी दिएका छन्। एक सार्वजनिक सम्बोधनमा उनले भने, ‘अझै धेरै बाँकी छ। इरानी शासनलाई थाहा छैन उसले के भोगेको छ र के भोग्नेछ। इतिहासमै यति कमजोर कहिल्यै भएको थिएन।’
उनले इजरायलले इरानका सैन्य र आणविक स्थलहरूमा आक्रमण गरिसकेको जानकारी दिँदै भने, ‘हाम्रो लडाइँ इरानी जनतासँग होइन, इरानको शासनसँग हो।’
नेतन्याहूले इरानी जनतालाई स्वतन्त्रताको लागि उठ्न आह्वान गर्दै भने, ‘यो तपाईँहरूको स्वतन्त्रता हासिल गर्ने अवसर हो। तपाईँहरूको ऐतिहासिक गौरव र झन्डा वरिपरि एकजुट हुनुहोस् र अत्याचारी शासनविरुद्ध आवाज उठाउनुहोस्।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण