शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बाबर आजमले पहिलोपटक बिग ब्यास लिगमा खेल्ने

शनिबार, ३१ जेठ २०८२, ०७ : २४
शनिबार, ३१ जेठ २०८२

सारांश

  • बाबर आजम बिग ब्यास लिगमा पहिलो पटक सिड्नी सिक्सर्सबाट खेल्ने।
  • उनी टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा धेरै रन बनाउने खेलाडीमध्येका एक हुन् र २०२५-२६ सिजनका लागि उपलब्ध हुनेछन्।
  • सिड्नी सिक्सर्सले अघिल्लो सिजनमा दोस्रो स्थान हासिल गरे पनि प्लेअफमा पराजित भयो।

इस्लामाबाद । पाकिस्तानका स्टार ब्याट्सम्यान बाबर आजमले पहिलोपटक बिग ब्यास लिगमा खेल्ने भएका छन्। उनलाई आगामी साता हुने खेलाडीको ड्राफ्ट अघि सिड्नी सिक्सर्स टोलीले अनुबन्ध गरेको हो।

पूर्वपाकिस्तानी कप्तान बाबर आजम टी-२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा दोस्रो सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन्। उनी २०२५-२६ को सम्पूर्ण सिजन को लागि उपलब्ध रहनेछन्।

३० वर्षीय बाबरले अहिलेसम्म ३२० टी-२० खेल खेलेका छन्, जसमा उनले विश्वभरका विभिन्न लिगहरूमा प्रतिनिधित्व गरेका छन्। उनले हालै सम्पन्न पाकिस्तान सुपर लिगमा पेसावर जल्मीका लागि सबैभन्दा धेरै रन बनाएका थिए।

तर, बाबरलाई पाकिस्तानको हालै सम्पन्न बंगलादेशविरुद्धको टी-२० सिरिजमा भने समावेश गरिएको थिएन। बाबरले भने, ‘विश्वका उत्कृष्ट टी-२० लिगहरूमध्ये एकमा खेल्न पाउनु र यति सफल र प्रतिष्ठित फ्रेन्चाइजको हिस्सा बन्न पाउनु उत्साहजनक अवसर हो।’

सिड्नी सिक्सर्सले २०२४-२५ सिजनमा दोस्रो स्थान प्राप्त गरेको थियो, तर प्लेअफमा लगातार दुई हार भोग्दै प्रतियोगिताबाट बाहिरिएको थियो । टोलीले पहिलो हार होबार्ट हरिकेन्ससँग र दोस्रो हार सिड्नी थन्डरसँग बेहोरेको थियो।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप