१८ महिनाको प्रतिबन्धपछि फुटबलमा फर्कँदै पोग्बा

समाचार सारांश
- विश्वकप विजेता पाउल पोग्बा डोपिङ प्रतिबन्धपछि मोनाकोसँग फुटबलमा फर्किने तयारीमा छन्। उनी मोनाकोसँग २ वर्षे सम्झौताको लागि अग्रिम वार्तामा छन्।
- पोग्बालाई डोपिङ टेस्टमा फेल भएपछि ४ वर्षको प्रतिबन्ध लागेको थियो, तर अपिलपछि १८ महिनामा झारियो।
- उनले नोभेम्बरमा युभेन्टससँगको सम्झौता अन्त्य गरे र मार्चदेखि पुनः फुटबल खेल्न स्वतन्त्र भएका छन्।
पेरिस । म्यानचेस्टर युनाइटेड र युभेन्टसका पूर्व मिडफिल्डर पाउल पोग्बा डोपिङ प्रतिबन्धपछि पुनः फुटबलमा फर्कने तयारीमा छन्। विश्वकप विजेता ३२ वर्षीय फ्रेन्च खेलाडी आफ्नै देशको लिग १ क्लब मोनाकोसँग आबद्ध हुँदैछन्। उनी हाल मोनाकोसँग अग्रिम वार्तामा छन् ।
बीबीसी स्पोर्टका अनुसार, पोग्बा र मोनाकोबिच २ वर्षे सम्झौता गर्नेबारे छलफल भइरहेको छ र क्लबले केही दिनभित्र सम्झौता टुङ्गोमा पुर्याउने आशा राखेको छ। पछिल्ला केही हप्तादेखि छलफल जारी छ र आफ्नो पुनरागमन सुनिश्चित गर्न। पोग्बाले सिजन सुरु हुनु अघि नै प्रशिक्षण सुरु गरेका छन् ।
युभेन्टसको २०२३-२४ सिजनको उडिनेजे विरुद्धको पहिलो खेलपछि पोग्बा र्यान्डम डोपिङ टेस्टमा परेपछि प्रारम्भिक रूपमा निलम्बन गरिएको थियो। पछि उनलाई चार वर्षको प्रतिबन्ध सुनाइएको थियो । तर अपिलपछि यो सजाय घटाएर १८ महिना बनाइएको हो।
उनले नोभेम्बरमा युभेन्टससँग पारस्परिक सहमतिमा सम्झौता अन्त्य गरेका थिए । उनी मार्चदेखि पुनः करियर सुरु गर्न स्वतन्त्र बनेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको मिनेसोटामा डेमोक्रेटिक सांसदको गोली हानी हत्या, एक घाइते
-
नदी कटान नियन्त्रणका लागि ग्याबिनवाल निर्माण
-
गर्मी नघटेपछि वीरगञ्जमा थप ६ दिन विद्यालय बन्द
-
इजरायली आक्रमणबाट इरानको आणविक कार्यक्रममा कति क्षति पुग्ला ?
-
पछिल्लो २४ घण्टामा चट्याङ लागेर १८ जना घाइते
-
१० बजे, १० समाचार : भिजिट भिसाको प्रश्नले चिढिए प्रचण्ड, इजरायलमा स्थिति गम्भीर