१८ महिनाको प्रतिबन्धपछि फुटबलमा फर्कँदै पोग्बा
सारांश
- विश्वकप विजेता पाउल पोग्बा डोपिङ प्रतिबन्धपछि मोनाकोसँग फुटबलमा फर्किने तयारीमा छन्। उनी मोनाकोसँग २ वर्षे सम्झौताको लागि अग्रिम वार्तामा छन्।
- पोग्बालाई डोपिङ टेस्टमा फेल भएपछि ४ वर्षको प्रतिबन्ध लागेको थियो, तर अपिलपछि १८ महिनामा झारियो।
- उनले नोभेम्बरमा युभेन्टससँगको सम्झौता अन्त्य गरे र मार्चदेखि पुनः फुटबल खेल्न स्वतन्त्र भएका छन्।
पेरिस । म्यानचेस्टर युनाइटेड र युभेन्टसका पूर्व मिडफिल्डर पाउल पोग्बा डोपिङ प्रतिबन्धपछि पुनः फुटबलमा फर्कने तयारीमा छन्। विश्वकप विजेता ३२ वर्षीय फ्रेन्च खेलाडी आफ्नै देशको लिग १ क्लब मोनाकोसँग आबद्ध हुँदैछन्। उनी हाल मोनाकोसँग अग्रिम वार्तामा छन् ।
बीबीसी स्पोर्टका अनुसार, पोग्बा र मोनाकोबिच २ वर्षे सम्झौता गर्नेबारे छलफल भइरहेको छ र क्लबले केही दिनभित्र सम्झौता टुङ्गोमा पुर्याउने आशा राखेको छ। पछिल्ला केही हप्तादेखि छलफल जारी छ र आफ्नो पुनरागमन सुनिश्चित गर्न। पोग्बाले सिजन सुरु हुनु अघि नै प्रशिक्षण सुरु गरेका छन् ।
युभेन्टसको २०२३-२४ सिजनको उडिनेजे विरुद्धको पहिलो खेलपछि पोग्बा र्यान्डम डोपिङ टेस्टमा परेपछि प्रारम्भिक रूपमा निलम्बन गरिएको थियो। पछि उनलाई चार वर्षको प्रतिबन्ध सुनाइएको थियो । तर अपिलपछि यो सजाय घटाएर १८ महिना बनाइएको हो।
उनले नोभेम्बरमा युभेन्टससँग पारस्परिक सहमतिमा सम्झौता अन्त्य गरेका थिए । उनी मार्चदेखि पुनः करियर सुरु गर्न स्वतन्त्र बनेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण