अमेरिका र युके पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी
सारांश
- प्रहरीले आकर्षक तलबको प्रलोभनमा अमेरिका र युके पठाउने भन्दै रकम ठगी गर्ने २ जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा राज कुमार मानन्धर र ओम बहादुर खत्री रहेका छन्, जसले पीडितहरूबाट क्रमशः ३५ लाख ६९ हजार र ६ लाख ७५ हजार रुपैयाँ ठगी गरेका थिए।
- उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र वैदेशिक रोजगार विभागले पक्राउ गरी आवश्यक कारबाहीका लागि पठाएको छ।
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-१६ बस्ने नुवाकोट विदुर नगरपालिका-४ घर भएका ५१ वर्षीय राज कुमार मानन्धर र काठमाडौँ महानगरपालिका-१४ बस्ने रुपन्देही तिलोत्तमा नगरपालिका-२ घर भएका ४० वर्षीय ओम बहादुर खत्री रहेका छन् ।
पक्राउ मध्ये राज कुमारले अमेरिका पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३५ लाख ६९ हजार रुपैयाँ र ओम बहादुरले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ७५ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राज कुमारलाई काठमाडौँ महानगरपालिका-१६ बाट बिहीबार र ओम बहादुरलाई काठमाडौँ महानगरपालिका-१२ बाट शुक्रबार पक्राउ गरेको हो ।
पक्राउ मध्ये राज कुमारलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ र ओम बहादुरलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण