सर्वोच्च अदालतमा सिफारिस न्यायाधीशविरुद्ध आजदेखि १० दिनभित्र उजुरी दिन सकिने
सारांश
- संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतका न्यायाधीश र न्याय परिषद् सदस्यविरुद्ध उजुरी दिन आह्वान गरेको छ।
- न्याय परिषद्ले सर्वोच्च अदालतका न्यायाधीशमा मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई सिफारिस गरेको थियो।
- समितिले उजुरीमाथि छानबिन गरी प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ गर्नेछ र अनुमोदनपछि राष्ट्रपतिले नियुक्त गर्नेछन्।
काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस ३ जना न्यायाधीश र एक न्याय परिषद् सदस्यविरुद्ध आजदेखि उजुरी दिन सकिने जनाएको छ । आज एक सूचना जारी गर्दै समितिले उजुरी आह्वान गरेको हो ।
यसअघि सिंहदरबारमा शनिबार बसेको समिति बैठकले न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस तीनै जना न्यायाधीश र एक न्याय परिषद् सदस्यविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।
यही जेठ २७ गते बसेको न्याय परिषद् बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । महेश कुमार नेपाल न्याय परिषद् सदस्यमा सिफारिस भएका थिए ।
समितिले उजुरीमाथि छानबिन गरी प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ गर्नेछ । संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि प्रस्तावित न्यायाधीशहरू राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण