सर्वोच्च अदालतमा सिफारिस न्यायाधीशविरुद्ध आजदेखि १० दिनभित्र उजुरी दिन सकिने

समाचार सारांश
- संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतका न्यायाधीश र न्याय परिषद् सदस्यविरुद्ध उजुरी दिन आह्वान गरेको छ।
- न्याय परिषद्ले सर्वोच्च अदालतका न्यायाधीशमा मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई सिफारिस गरेको थियो।
- समितिले उजुरीमाथि छानबिन गरी प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ गर्नेछ र अनुमोदनपछि राष्ट्रपतिले नियुक्त गर्नेछन्।
काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस ३ जना न्यायाधीश र एक न्याय परिषद् सदस्यविरुद्ध आजदेखि उजुरी दिन सकिने जनाएको छ । आज एक सूचना जारी गर्दै समितिले उजुरी आह्वान गरेको हो ।
यसअघि सिंहदरबारमा शनिबार बसेको समिति बैठकले न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस तीनै जना न्यायाधीश र एक न्याय परिषद् सदस्यविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।
यही जेठ २७ गते बसेको न्याय परिषद् बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । महेश कुमार नेपाल न्याय परिषद् सदस्यमा सिफारिस भएका थिए ।
समितिले उजुरीमाथि छानबिन गरी प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ गर्नेछ । संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि प्रस्तावित न्यायाधीशहरू राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशसँगको विद्युत् व्यापारमा कुनै आर्थिक जोखिम छैन : ऊर्जामन्त्री खड्का
-
लुम्बिनी प्रदेशमा कृषिको लागि १ अर्ब ५० करोड
-
भारतमा पुल भत्किँदा दुई जनाको मृत्यु, केही बेपत्ता
-
कस्तो आयो गण्डकी प्रदेशको बजेट ? (पूर्णपाठ)
-
नेसपा (नयाँ शक्ति) को बैठकमा ६६ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखे
-
नजर प्रदेशतिर : धमाधम बजेट