आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय

मोटरसाइकलले ठक्करबाट पैदलयात्रीको मृत्यु

आइतबार, ०१ असार २०८२, ०९ : ५९
आइतबार, ०१ असार २०८२

समाचार सारांश

  • जाजरकोटको कालीमाटीबाट रुकुमपश्चिमको आठबीसकोट जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
  • दुर्घटनामा रुकुमपश्चिमका ६५ वर्षीय कैलो विकको मृत्यु भएको हो, जो आठबीसकोट-११ गत्ता सैनाका बासिन्दा थिए।
  • मोटरसाइकल चालक नारायण सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ, र घाइते विकको चौरजहारी अस्पतालमा उपचारका क्रममा मृत्यु भयो।

सुर्खेत । जाजरकोटस्थित नलगाड नगरपालिकाको कालीमाटीबाट रुकुमपश्चिमको आठबीसकोट जाँदै गरेको मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

रुकुमपश्चिमका आठबिसकोट–११ गत्ता सैनाका ६५ वर्षीय कैलो विकको मृत्यु भएको छ । बारेकोट गाउँपालिका –८ का नारायण सिंहले चलाएको कर्णाली प्रदेश०२००१प ६५५६ नम्बरको मोटरसाइकलले नलगाड –७ चामेखेतमा विकलाई आज बिहान ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते विकको उपचारका क्रममा रुकुमपश्चिमको चौरजहारीस्थित मिसन अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी सहायक निरीक्षक यामराज रोकायले जानकारी दिए । ठक्कर दिने सवारीचालक सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप