प्रतिनिधि सभा बैठकको समय आधा घण्टा पर धकेलियो
सारांश
- प्रतिनिधिसभा बैठक आधा घण्टा सारियो, दलहरूको आन्तरिक छलफलका कारण समय सारिएको हो।
- राष्ट्रिय सभाबाट प्राप्त 'पानी जहाज विधेयक' टेबुल हुनेछ भने संघीय निजामती सेवा विधेयक सम्बन्धी प्रतिवेदन पेस हुनेछ।
- आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने, रास्वपा र राप्रपाले विरोध जनाए।
काठमाडौँ । प्रतिनिधिसभा बैठकको समय आधा घण्टा पर धकेलिएको छ । दलहरू आन्तरिक छलफलमा जुटेकाले बैठकको समय आधा घण्टा पर धकेलिएको हो।
जसअनुसार आइतबार बिहान ११ बजे बस्ने भनिएको बैठक अब साढे ११ बजे बस्ने तयारी भएको संसद् सचिवालयले जनाएको छ ।
आजको राष्ट्रिय सभामा उत्पत्ति भएको “पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूचीमा उल्लेख छ ।
त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ बैठकमा पेस गर्नेछन् ।
यसैगरी उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित आगामी आर्थिक २०८२–०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन् ।
आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२–०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने समेत संसद् सचिवालयले जानकारी दिएको छ ।
प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरण छानबिन गर्न संसदीय समिति गठनको माग राख्दै रास्वपा र राप्रपाले भने विरोध जनाउँदै आएका छन् । यी दुई पार्टीले आफ्नो विरोध कायमै रहने आज सभामुखसँगको छलफलमा बताइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण