आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय

प्रतिनिधि सभा बैठकको समय आधा घण्टा पर धकेलियो

आइतबार, ०१ असार २०८२, ११ : १२
आइतबार, ०१ असार २०८२

समाचार सारांश

  • प्रतिनिधिसभा बैठक आधा घण्टा सारियो, दलहरूको आन्तरिक छलफलका कारण समय सारिएको हो।
  • राष्ट्रिय सभाबाट प्राप्त 'पानी जहाज विधेयक' टेबुल हुनेछ भने संघीय निजामती सेवा विधेयक सम्बन्धी प्रतिवेदन पेस हुनेछ।
  • आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने, रास्वपा र राप्रपाले विरोध जनाए।

काठमाडौँ । प्रतिनिधिसभा बैठकको समय आधा घण्टा पर धकेलिएको छ । दलहरू आन्तरिक छलफलमा जुटेकाले बैठकको समय आधा घण्टा पर धकेलिएको हो।  

जसअनुसार आइतबार बिहान ११ बजे बस्ने भनिएको बैठक अब साढे ११ बजे बस्ने तयारी भएको संसद् सचिवालयले जनाएको छ । 

आजको राष्ट्रिय सभामा उत्पत्ति भएको “पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूचीमा उल्लेख छ । 

त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ बैठकमा पेस गर्नेछन् । 

यसैगरी उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित आगामी आर्थिक २०८२–०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन् । 

आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२–०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने समेत संसद् सचिवालयले जानकारी दिएको छ । 

प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरण छानबिन गर्न संसदीय समिति गठनको माग राख्दै रास्वपा र राप्रपाले भने विरोध जनाउँदै आएका छन् । यी दुई पार्टीले आफ्नो विरोध कायमै रहने आज सभामुखसँगको छलफलमा बताइसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप