सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

बजेटको आकार सन्तुलित छ : अर्थमन्त्री

आइतबार, ०१ असार २०८२, १५ : ५२
आइतबार, ०१ असार २०८२

समाचार सारांश

  • उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सन्तुलित रहेको बताए। आगामी आर्थिक वर्षको बजेटमा पुँजीगत खर्च १६ प्रतिशतले वृद्धि गरिएको छ।
  • अन्तर सरकारी वित्त हस्तान्तरणमा आयोगको सीमाभन्दा ४ अर्बले वृद्धि गरिएको छ। राजस्वले ६७ प्रतिशत खर्च धान्ने गरी बजेट प्रस्ताव गरिएको छ।
  • राजस्व अनुमान संशोधित लक्ष्यको तुलनामा १६ प्रतिशतले वृद्धि प्रस्ताव गरिएको छ।

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको आकार सन्तुलित रहेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै मन्त्री पौडेलले पुँजीगत खर्च चालु आर्थिक वर्षको तुलनामा १६ प्रतिशतले वृद्धि गरिएको बताएका हुन् । 

अन्तर सरकारी वित्त हस्तान्तरणमा आयोगले निर्धारण गरेको वित्त आयोगबाट निर्धारण गरिएको सीमा भन्दा करिब ४ अर्बले वृद्धि गरिएको जानकारी दिए । आम्दानीको मुख्य श्रोत राजश्वले समग्र खर्चको करिब ६७ प्रतिशत धान्ने गरीकन बजेट प्रस्ताव गरिएको उनको भनाई थियो ।

अर्थमन्त्री पौडेलले भने, ‘बजेटको आकारको सन्दर्भमा सन्तुलित हुने त्यो अठोट प्रस्तुत बजेटमा व्यक्त भएको छ । पुँजीगत खर्च चालु आर्थिक वर्षको तुलनामा १६ प्रतिशतले वृद्धि गरिएको छ । अन्तर सरकारी वित्त हस्तान्तरणमा आयोगले निर्धारण गरेको वित्त आयोगबाट निर्धारण गरिएको सीमा भन्दा करिब ४ अर्बले वृद्धि गरिएको छ । आम्दानीको मुख्य श्रोत राजश्वले समग्र खर्चको करिब ६७ प्रतिशत धान्ने गरीकन बजेट प्रस्ताव गरिएको छ ।’

अर्थमन्त्री पौडेलले आम्दानीतर्फ राजश्व अनुमान संशोधित लक्ष्यको तुलनामा १६ प्रतिशतले वृद्धि प्रस्ताव गरिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप