बजेटको आकार सन्तुलित छ : अर्थमन्त्री
सारांश
- उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सन्तुलित रहेको बताए। आगामी आर्थिक वर्षको बजेटमा पुँजीगत खर्च १६ प्रतिशतले वृद्धि गरिएको छ।
- अन्तर सरकारी वित्त हस्तान्तरणमा आयोगको सीमाभन्दा ४ अर्बले वृद्धि गरिएको छ। राजस्वले ६७ प्रतिशत खर्च धान्ने गरी बजेट प्रस्ताव गरिएको छ।
- राजस्व अनुमान संशोधित लक्ष्यको तुलनामा १६ प्रतिशतले वृद्धि प्रस्ताव गरिएको छ।
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको आकार सन्तुलित रहेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै मन्त्री पौडेलले पुँजीगत खर्च चालु आर्थिक वर्षको तुलनामा १६ प्रतिशतले वृद्धि गरिएको बताएका हुन् ।
अन्तर सरकारी वित्त हस्तान्तरणमा आयोगले निर्धारण गरेको वित्त आयोगबाट निर्धारण गरिएको सीमा भन्दा करिब ४ अर्बले वृद्धि गरिएको जानकारी दिए । आम्दानीको मुख्य श्रोत राजश्वले समग्र खर्चको करिब ६७ प्रतिशत धान्ने गरीकन बजेट प्रस्ताव गरिएको उनको भनाई थियो ।
अर्थमन्त्री पौडेलले भने, ‘बजेटको आकारको सन्दर्भमा सन्तुलित हुने त्यो अठोट प्रस्तुत बजेटमा व्यक्त भएको छ । पुँजीगत खर्च चालु आर्थिक वर्षको तुलनामा १६ प्रतिशतले वृद्धि गरिएको छ । अन्तर सरकारी वित्त हस्तान्तरणमा आयोगले निर्धारण गरेको वित्त आयोगबाट निर्धारण गरिएको सीमा भन्दा करिब ४ अर्बले वृद्धि गरिएको छ । आम्दानीको मुख्य श्रोत राजश्वले समग्र खर्चको करिब ६७ प्रतिशत धान्ने गरीकन बजेट प्रस्ताव गरिएको छ ।’
अर्थमन्त्री पौडेलले आम्दानीतर्फ राजश्व अनुमान संशोधित लक्ष्यको तुलनामा १६ प्रतिशतले वृद्धि प्रस्ताव गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण