टी–२० अन्तर्राष्ट्रिय शृङ्खला : नेदरल्याण्ड्ससँग भिड्दै नेपाल
सारांश
- नेपालले त्रिदेशीय टी-२० शृङ्खलामा नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ, खेल नेपाली समयअनुसार ७:४५ बजे सुरु हुनेछ।
- स्कटल्याण्डले नेदरल्याण्ड्सलाई ३९ रनले पराजित गरेको थियो, र नेपाल र नेदरल्याण्ड्सबीचका अघिल्ला खेलहरूमा नेदरल्याण्ड्सको राम्रो प्रदर्शन रहेको छ।
- नेपालले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको छ र शृङ्खलामा स्कटल्याण्डसँग पनि प्रतिस्पर्धा गर्नेछ।
काठमाडौँ । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा सोमबार नेपालले नेदरल्याण्ड्सको सामना गर्दैछ । खेल नेपाली समयअनुसार साँझ ७ बजेर ४५ मिनेट जाँदा सुरु हुनेछ ।
जुन २० सम्म खेलिने यो शृङ्खलामा नेपाल र नेदरल्याण्ड्सबाहेक आयोजकका रूपमा स्कटल्याण्ड सहभागी छ । आइतबार ग्लासगोमा भएको पहिलो खेलमा स्कटल्याण्ड र नेदरल्याण्ड्स भिडेका थिए ।
खेलमा स्कटल्याण्डले नेदरल्याण्ड्सलाई ३९ रनले हराएको थियो । स्कटल्याण्डले प्रस्तुत गरेको १ सय ६१ रनको लक्ष्य पछ्याउँदा नेदरल्याण्ड्स १८.१ ओभरमा सबै विकेट गुमाएर १२१ रनमा समेटियो ।
यता, नेपाल र नेदरल्याण्ड्सबिच खेलिएका पछिल्ला ३ खेलमध्ये २ मा नेदरल्याण्ड्स र १ मा नेपालले जित हात पारेको छ । सन् २०२४ को जुनमा नेदरल्याण्ड्सले नेपालाई ६ विकेट तथा मार्च २०२४ मा ४ विकेटले पराजित गरेको थियो । नेपालले पछिल्लो पटक २ मार्च २०२४ मा नेदरल्याण्ड्सलाई ६ विकेटले हराएको थियो ।
नेपालले दोस्रो खेलमा मंगलबार नेपाल आयोजक स्कटल्याण्डसँग भिड्नेछ । त्यसपछि बिहीबार (जुन १९) मा नेपाल र नेदरल्याण्ड्स पुनः आमनेसामने हुनेछन् । शुक्रबार (२० जुन) मा नेपालले स्कटल्याण्डको सामना गर्नेछ ।
तीनै टोली हालै आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ प्रतियोगितामा आमनेसामने भएका थिए । नेपालले आफ्नो चार खेलमध्ये ३ खेलमा जित र एक खेलमा हार बेहोरेको थियो ।
नेपालले टी–२० शृङ्खलाका लागि रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको छ ।
- यस्तो छ नेपालको टोली :
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिलकुमार साह, भीम सार्की, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करन केसी, ललित राजवंशी, नन्दन यादव, रिजन ढकाल, किरण ठगुन्ना, लोकेश बम, रुपेश सिंह र आरिफ शेख ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारकालाई काम गर्न दिऔँ : पूर्वप्रधानमन्त्री भट्टराई
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण