धरानबाट २१ सय किलो गाँजासहित ट्रक नियन्त्रणमा, चालक फरार
सारांश
- सशस्त्र प्रहरी बलले सुनसरीको धरानबाट २१ सय किलोग्राम गाँजासहित ट्रक नियन्त्रणमा लिएको छ।
- प्रहरीले ट्रकलाई कोशी लोकमार्गमा रोकेर जाँच गर्दा तरकारी र अदुवाको बोराभित्र लुकाएर राखिएको गाँजा फेला पारेको हो।
- प्रहरीले ट्रक नियन्त्रणमा लिने क्रममा चालक र अन्य व्यक्तिहरू फरार भएका छन्।
काठमाडौँ । सशस्त्र प्रहरी बलले सुनसरीको धरानबाट करिब २१ सय किलोग्राम अवैध लागुऔषध गाँजासहित एक ट्रक नियन्त्रणमा लिएको छ । धरान उपमहानगरपालिका–१३ शिवधारास्थित कोशी लोकमार्गबाट आइतबार प्रदेश १–०२–००२ ख ०८४८ नम्बरको ट्रक नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
भेडेटारबाट धरानतर्फ आउँदै गरेको उक्त ट्रकलाई विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस धरानको टोलीले रोकेर जाँच गरेको थियो । जाँचका क्रममा ट्रकमा तरकारी र अदुवाका बोराले छोपेर लुकाइछिपाइ ल्याइएको ७० बोरा गाँजा फेला परेको हो । ट्रकमा ३१ बोरा अदुवा र तरकारी पनि भेटिएको छ । प्रहरीले ट्रक नियन्त्रणमा लिने क्रममा चालकसहित संलग्न व्यक्तिहरू भने फरार भएका छन् ।
सशस्त्र प्रहरी बलका सह–प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले विशेष सूचनाको आधारमा ठुलो परिमाणमा गाँजा बरामद गरिएको बताए । उनले भने, ‘भेडेटार क्षेत्रबाट ठुलो परिमाणमा गाँजा तस्करी भइरहेको सूचना पाएपछि हाम्रो टोलीले निगरानी बढाएको थियो । सोही क्रममा धरानमा ट्रक नियन्त्रणमा लिन सफल भयौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण