इरानी क्षेप्यास्त्र आक्रमणका कारण तेल अभिभमा १२ जना घाइते
सोमबार, ०२ असार २०८२, ११ : ०७
सारांश
- इरानले गरेको क्षेप्यास्त्र आक्रमणमा १२ जना घाइते भए, उनीहरूलाई अस्पताल लगियो।
- इजरायली आपतकालीन सेवा एमडीएका अनुसार तेल अभिभमा खोजी कार्य जारी छ, थप जानकारी आउँदैछ।
- इजरायलको हाइफा शहरमा पनि इरानी आक्रमण भएको र धेरै मानिस घाइते भएको बताइएको छ।
तेल अभिभ । इरानले गरेको क्षेप्यास्त्र आक्रमणमा घाइते भएका १२ जनालाई उपचारको लागि अस्पताल पठाइएको इजरायली आपतकालीन सेवा मेगन डेभिड एडोम (एमडीए) ले सोमबार बिहान बताएको छ । एमडीएले आफ्नो एक्स खातामा एक पोस्ट मार्फत यो जानकारी दिएको हो ।
‘अहिलेसम्म, एमडीए टोलीहरूले रकेट आक्रमणपछि १२ जना घाइतेहरूलाई अस्पताल पुर्याइएको छ । तेल अभिभमा खोजी कार्य गरिरहेको एमडीएले भनेको छ । थप जानकारी चाँडै साझा गरिनेछ ।’ पोष्टमा भनिएको छ ।
इजरायलको सार्वजनिक प्रसारक कानका अनुसार हाइफा शहरमा इरानी आक्रमणमा धेरै मानिसहरू घाइते भएका छन् । हाइफा तेल अभिभबाट लगभग ९० किलोमिटर टाढा छ । यो इजरायलको प्रमुख बन्दरगाह हो ।
इजरायल रक्षा बल (आईडीएफ)का अनुसार, इरानले सोमबार बिहान इजरायलमा क्षेप्यास्त्र आक्रमण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण