साईग्रेस पोखरेलको पुस्तक ‘द स्टोरीटेलर’
काठमाडौँ । चर्चित कथा वाचक साईग्रेस पोखरेलले आफ्नो कथा वाचन यात्रा र यस क्षेत्रमा हासिल गरेका उपलब्धिहरूलाई समेटेर नयाँ पुस्तक ‘साईग्रेसः द स्टोरीटेलर’ सार्वजनिक गरेका छन् ।
अमेरिकाको कोलोराडोमा आयो उनको उनको एक सय औँ लाइभ प्रस्तुति कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो ।कार्यक्रममा लेखक हिरण्य भोजपुरे, अमेरिकाका लागि नेपालका सद्भावना दूत विनोद अधिकारी, ग्लोबल नेपाल फिल्म अवार्ड अमेरिकाका अध्यक्ष नवराज श्रेष्ठ, ख्यातिप्राप्त सङ्गीतकार मनोजराज सिवाकोटी र कोलोराडो कार्यक्रमका आयोजक सुमन केसी लगायतका उपस्थिति थियो ।
‘साईग्रेसः द स्टोरीटेलर’ पुस्तकले कथा वाचनको विश्वव्यापी इतिहासका साथै साईग्रेसका विश्वभरका प्रस्तुतिहरूका अविस्मरणीय क्षणहरूलाई प्रस्तुत गरेको छ । यसले उनको कथा वाचनले दर्शकहरूमा पारेको गहिरो प्रभावको पनि विश्लेषण गरेको छ । पुस्तकको एक प्रमुख आकर्षण उनको बहुचर्चित अडियो उपन्यास ‘मेरो अधुरो प्रेम’ हो, जुन युट्युबमा हालसम्म ६६ लाख पटक हेरिएको छ ।
पुस्तकमा साईग्रेसले आफ्नो कथा वाचन यात्राका व्यक्तिगत अनुभव र आत्म निरीक्षणहरूलाई पनि समेटेका छन् । उनको पुस्तकमा एक श्रोताले उनको एउटा कथा सुनेर आत्महत्याको विचार त्यागेर आशाको नयाँ किरण पाएको बताउँदाको शक्तिशाली क्षण पनि समावेश छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण