बर्दिबासमा मोटरसाइकल चोरीको गिरोह पक्राउ
महोत्तरी । विगत केही समयदेखि महोत्तरीको बर्दिबास बजारमा शृंखलाबद्ध रूपमा भइरहेको मोटरसाइकल चोरीको घटनामा संलग्न एक संगठित गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बर्दिबासले विशेष अपरेसन चलाएर गिरोहका मुख्य योजनाकारसहित चार जनालाई पक्राउ गरी उनीहरूको साथबाट चोरीका चार थान मोटरसाइकल र चोरीमा प्रयोग हुने ‘मास्टर की’ समेत बरामद गरेको हो ।
बर्दिबास बजार तथा आसपासका क्षेत्रमा अस्पतालको पार्किङदेखि प्रहरी नायब निरीक्षककै घर अगाडिबाट मोटरसाइकल चोरी हुन थालेको थियो ।
जेठमा मात्रै बर्दिबासको सिटी केयर हस्पिटल, हमाल टोल र पर्शुराम महतोको सेलर मिल अगाडिबाट पल्सर मोटरसाइकलहरू चोरी भएका थिए ।
शृंखलाबद्ध चोरीका घटना बढेपछि बर्दिबास प्रहरीले विशेष टोली परिचालन गरेको थियो । अनुसन्धानकै क्रममा असार १ गते चोरीको एक मोटरसाइकल बिक्रीका लागि ग्राहक खोजिँदै गरेको विशेष सूचनाका आधारमा प्रहरी टोलीले चोरीको मोटरसाइकल खरिद–बिक्री गराउने तेस्रो तहका व्यक्तिदेखि चोर्ने मुख्य योजनाकारसम्मको सञ्जाल भेट्टाएको थियो ।
प्रहरीले गिरोहका मुख्य योजनाकारसहित चार जनालाई सर्लाही र रौतहटका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका निवासी २६ वर्षीय पासाङ तितुङ, सर्लाहीको बागमती नगरपालिकाका २२ वर्षीय सुरेश घिसिङ, सोही नगरपालिकाका २१ वर्षीय पदम थिङ र हरिवन नगरपालिका १० का दिल बहादुर सिङदोङ रहेका छन् । उनीहरूलाई फरक फरक स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक बमका अनुसार यो गिरोहले बर्दिबासलाई केन्द्र बनाएर लामो समयदेखि चोरी गर्दै आएको थियो ।
पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय बर्दिबासमा राखी चोरीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
-
मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल
-
एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण