बुधबार, ०४ असार २०८२
ताजा लोकप्रिय

सुगम पोखरेलको गीत 'यो कथा हो मेरो' सार्वजनिक

मङ्गलबार, ०३ असार २०८२, ११ : ५५
मङ्गलबार, ०३ असार २०८२

समाचार सारांश

  • गायक सुगम पोखरेलको नयाँ गीत 'यो कथा हो मेरो' सार्वजनिक भएको छ। गीतमा उनकै शब्द, सङ्गीत र स्वर रहेको छ।
  • भिडियोमा अन्जु रिजाल, मिलन कार्की लगायतका कलाकारको अभिनय रहेको छ भने यसको निर्देशन सुशान्त गौतमले गरेका हुन्।
  • गायक सुगमले गीतले दर्शक तथा स्रोताको मन जित्ने आशा व्यक्त गरेका छन् र उनले युट्युब मार्फत गीत सार्वजनिक गरेका छन्।

काठमाडौँ । गायक सुगम पोखरेलको नयाँ गीत 'यो कथा हो मेरो' सार्वजनिक भएको छ । गीतमा शब्द, सङ्गीत र स्वर समेत सुगमकै छ ।

गीतको भिडियोमा युवादेखि वयस्कसम्मका कथा देखाउन खोजिएको छ । भिडियोमा अन्जु रिजाल, मिलन कार्की, स्नेहा जोशी, सन्तोष गिरी, सफर पोखरेल, नूर खनाल लगायतको अभिनय छ । गीतको सङ्गीत संयोजन सुगम आफ्नैले गरेका हुन् ।

योगेश दाहालको छायाङ्कन तथा सम्पादन रहेको भिडियोको निर्देशन सुशान्त गौतमले गरेका हुन् । हाम्रै समाजका केहि प्रतिनिधि कथाहरू गीत तथा भिडियोमा समेटिएको गायक सुगमले बताए ।

उनले दर्शक तथा श्रोताहरूले गीतलाई मन पराउने आशा व्यक्त गरे । गीतको भिडियोलाई गायक सुगम पोखरेल आफ्नो आधिकारिक युट्युब मार्फत सार्वजनिक गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप