तीन सुपर ओभरसँगै विश्व क्रिकेटमा नेपाली टोलीले बनाएका केही महत्त्वपूर्ण रेकर्ड
सारांश
- नेपाल र नेदरल्यान्ड्सबीचको टी-२० खेलमा तीन सुपर ओभरहरू भए, जसमा नेदरल्यान्ड्सले जित हासिल गर्यो।
- नेपालले टी-२० अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक रन र २ बलमा जित हासिल गरेको रेकर्ड बनाएको छ।
- नेपालले एकदिवसीय खेलमा अमेरिकालाई ३५ रनमा अल आउट गरेको थियो।
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले स्कटल्यान्डमा टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खला खेलिरहेको छ । सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल एक महत्त्वपूर्ण इतिहासको पाटो बनेको छ ।
टिटवुड ग्लासगोमा भएको खेलमा नेदरल्यान्ड्स र नेपालले तीन सुपर ओभर खेले । जसमा तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले नेपालमाथि जित निकाल्न सफल भएको हो ।
विश्व क्रिकेटमा यसअघि तीन सुपर ओभरको खेल भएको कुनै रेकर्ड छैन । त्यस्तै नेपाली टोलीले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा हालसम्म कै सर्वाधिक रन बनाउने रेकर्ड पनि छ ।
त्यस्तै एकदिवसीयमा क्रिकेटमा नेपालले विपक्ष टोलीलाई ३४ रनमा अल आउट गराएको रेकर्ड पनि रहेको छ । नेपालको नाममा एक चमत्कारिक रेकर्ड पनि के रहेको छ भने नेपालले २ बलमा खेल पनि जितेको छ ।
- तीन सुपर ओभर
नेपाली क्रिकेट टोलीले पहिलो पटक र विश्व क्रिकेटमा नै पहिलो पटक सुपर ओभरको खेल खेलेको छ । नेदरल्यान्ड्सले दिएको १५३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा १५२ रन बनाउँदा म्याच बराबरी भएको थियो ।

त्यसपछि पहिलो सुपर ओभरमा नेपालले दिएको १९ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्ले पनि एक ओभरमा १९ रन बनाएको थियो । त्यसपछि नेदरल्यान्ड्सले दोस्रो सुपर ओभरमा ब्याटिङ गर्दा नेपाललाई १८ रनको लक्ष्य दिएको थियो । त्यसपछि नेपालका रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले १७ रन बनाउँदा विश्व क्रिकेटमा पहिलो पटक तेस्रो सुपर ओभर भयो ।
तेस्रो सुपर ओभरमा भने नेपालले दुई विकेट गुमायो । त्यसपछि टिम नेदरल्यान्ड्स विजयी भयो ।
- टी–ट्वान्टी क्रिकेटमा सर्वाधिक छक्का
नेपाली टोलीको नाममा टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको दुई खेलमा सर्वाधिक छक्का प्रहार गरेको रेकर्ड थियो । जसमा नेपालले मंगोलियाविरुद्ध २६ छक्का हानेको थियो । टी–ट्वान्टी क्रिकेटको एकै इनिङ्समा सर्वाधिक ३ सय १४ रन बनाउने इतिहास रचेको थियो ।

पछि नेपालको सर्वाधिक रनको रेकर्ड २०२४ मा जिम्बाब्वेले तोडेको थियो । जिम्बाब्वेले गाम्बियाविरुद्ध ३ सय ४४ रन बनाएको थियो । सर्वाधिक छक्का बनाउने रेकर्ड जिम्बाब्वे वेले तोडेको छ । जिम्बाब्वेले २७ छक्का प्रहार गरेको थियो ।
नेपाल र जिम्बाब्वे पछि जापानले २०२४ फेब्रुअरीमा चीनविरुद्ध २३, अफगानिस्तानले आयरल्यान्डविरुद्ध तथा वेष्ट इण्डिजले दक्षिण अफ्रिकाविरुद्ध समान २२ छक्का हानेका थिए ।
- नेपाल २ बलमै विजयी
नेपाली टोलीले विश्व क्रिकेटमा एउटा अपत्यारिलो रेकर्ड बनाएको छ । जुन रेकर्ड विश्व क्रिकेटमा मुस्किलले बन्ने गर्छ । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो २ बलमै जित निकालेको छ ।

जुन विश्व क्रिकेटमा हालसम्म बनेको छैन । नेपालले सन् २००६ को एसीसी ट्रफी अन्तर्गत म्यानमारविरुद्ध मात्रै २ बलमा जित निकालेको थियो । महबुब आलमले ७ र विनोद दासले ३ विकेट लिएपछि पहिला ब्याटिङ गरेको म्यानमार १२.१ ओभरमा १० रनमा अल आउट भएको थियो ।
११ रनको लक्ष्य नेपालले २ बलमै पूरा गरेको थियो । उक्त खेलमा ओपनर महेश क्षेत्री र ज्ञानेन्द्र मल्लले १–१ बलमा समान ३–३ रन रन बनाउँदा पाँच रन वाइड मार्फत पाएको थियो ।

- एकदिवसीयमा अमेरिकालाई ३५ रनमा अल आउट
नेपालले घरेलु मैदानमा भएको आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकालाई ३५ रनमा अल आउट गरेको थियो । सन् २०२० मा नेपालले अमेरिकालाई १२ ओभर पूरा हुँदा ३५ रनमा अल आउट गरेको थियो । उक्त खेलमा सन्दीपले ६ र सुशान भारीले ४ विकेट लिएका थिए । एकदिवसीयमा ३५ रनमा अल आउट संयुक्त रुपमा कम योगफल हो । यो रेकर्ड श्रीलङ्काको क्रिकेट टिमसँग पनि छ । श्रीलंकाले सन् २००४ मा जिम्बावेलाई पनि ३५ रनमै अल आउट गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026