कर्णालीका चार जिल्लामा जन्म र मृत्युका घटनामा खाद्यान्न निःशुल्क वितरणका लागि एक करोड बजेट विनियोजन
मङ्गलबार, ०३ असार २०८२, १४ : २४
समाचार सारांश
- आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा कर्णालीका विकट जिल्लामा हरेक जन्म र मृत्युमा खाद्यान्न वितरणका लागि १ करोड बजेट विनियोजन गरिएको छ।
- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको कार्यक्रममा कालिकोट, हुम्ला, मुगु र डोल्पामा जन्म र मृत्युमा खाद्यान्न वितरण गरिनेछ।
- कर्णालीका जिल्लाहरूमा जन्म र मृत्युमा प्रति घटना ३० केजी खाद्यान्न निःशुल्क वितरण गरिने योजना रहेको छ।
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत कर्णालीका विकट जिल्लामा हरेक जन्म र मृत्युमा खाद्यान्न वितरणका लागि १ करोड बजेट विनियोजन गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको आगामी वर्षको वार्षिक कार्यक्रममा सो बजेट विनियोजन भएकोबारे उल्लेख छ। कर्णालीका कालिकोट, हुम्ला, मुगु र डोल्पामा जन्म र मृत्युमा प्रति घटना ३० केजीका दरले निःशुल्क खाद्यान्न वितरण गरिने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित