टी–ट्वान्टी अन्तर्राष्ट्रियमा १ सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बने करन केसी
मङ्गलबार, ०३ असार २०८२, २० : २३
काठमाडौँ । करन केसी नेपालको तर्फबाट टी–ट्वान्टी अन्तर्राष्ट्रियमा १ सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् ।
मंगलबार स्कटल्यान्डविरुद्धको खेलमा २ विकेट लिँदै उनले यो आँकडा पूरा गरेका हुन् । उनले ८० खेलमा १०१ विकेट पूरा गरे । टी–२०आईमा १०० भन्दा बढी विकेट लिने नेपाली खेलाडी सन्दीप लामिछाने मात्र थिए । उनको १ सय ११ विकेट छ । सन्दीपले ५४ औं खेलमा १ सय विकेट पूरा गरेका थिए ।
नेपालले आज स्कटल्यान्डमा भइरहेको त्रिदेशीय टी–२०आई शृंखलाअन्तर्गत घरेलु टोलीसँग खेलिरहेको छ । टस जितेर बलिङ गरेको नेपालले उत्कृष्ट प्रदर्शन जारी राखेको छ । यो समाचार तयार पार्दासम्म नेपालका बलरहरूले ५ विकेट लिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण