बुधबार, ०४ असार २०८२
ताजा लोकप्रिय

टी–ट्वान्टी अन्तर्राष्ट्रियमा १ सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बने करन केसी

मङ्गलबार, ०३ असार २०८२, २० : २३
मङ्गलबार, ०३ असार २०८२

काठमाडौँ । करन केसी नेपालको तर्फबाट टी–ट्वान्टी अन्तर्राष्ट्रियमा १ सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । 

मंगलबार स्कटल्यान्डविरुद्धको खेलमा २ विकेट लिँदै उनले यो आँकडा पूरा गरेका हुन् । उनले ८० खेलमा १०१ विकेट पूरा गरे ।  टी–२०आईमा १०० भन्दा बढी विकेट लिने नेपाली खेलाडी सन्दीप लामिछाने मात्र थिए । उनको १ सय ११ विकेट छ । सन्दीपले ५४ औं खेलमा १ सय विकेट पूरा गरेका थिए । 

नेपालले आज स्कटल्यान्डमा भइरहेको त्रिदेशीय टी–२०आई शृंखलाअन्तर्गत घरेलु टोलीसँग खेलिरहेको छ । टस जितेर बलिङ गरेको नेपालले उत्कृष्ट प्रदर्शन जारी राखेको छ । यो समाचार तयार पार्दासम्म नेपालका बलरहरूले ५ विकेट लिइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप