बुधबार, ०४ असार २०८२
ताजा लोकप्रिय

क्लब विश्वकप : डर्टमन्ड बराबरीमा रोकियो, रिभर प्लेटको सहज जित

बुधबार, ०४ असार २०८२, ०८ : १४
बुधबार, ०४ असार २०८२

समाचार सारांश

  • क्लब विश्वकप फुटबलको समूह 'एफ' मा बोरुसिया डर्टमन्ड ब्राजिलको फ्लुमिनेसेसंँग गोलरहित बराबरीमा रोकियो।
  • समूह 'ई' अन्तर्गत, अर्जेन्टिनाको रिभर प्लेटले जापानको उरावा रेड डाइमन्ड्सलाई ३-१ ले पराजित गर्‍यो।
  • रिभर प्लेटका लागि फाकुन्डो कोलिडो, सेवास्टियन र म्याक्सिमिलियोन मेजाले गोल गरे।

एजेन्सी । क्लब विश्वकप फुटबलको समूह ‘एफ’ अन्तर्गत बुधबार बिहान भएको खेलमा बोरुसिया डर्टमन्ड बराबरीमा रोकिएको छ । 

मेटलाइफ स्टेडियममा ब्राजिलको फ्लुमिनेन्सेसँगको खेलमा गोलरहित बराबरीमा रोकिएको हो । जर्मनको बलियो टोली पहिलो खेलमा बराबरी खेल्दा अघिल्लो चरण प्रवेशमा भने केही असहज हुनेछ । 

त्यस्तै बुधबार बिहान भएको समूह ‘ई’ अन्तर्गतको खेलमा अर्जेन्टिनाको रिभर प्लेटले जापानको उरावा रेड डाइमन्ड्सलाई ३–१ ले पराजित गर्दै प्रतियोगितामा आफूलाई बलियो अवस्थामा राखेको छ । 

रिभर प्लेटका लागि खेलको १२औँ मिनेटमा फाकुन्डो कोलिडोले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यस्तै ४८औँ मिनेटमा सेवास्टियनले गोल गर्दै टिमको आग्रता दोब्बर बनाए । 

दोस्रो हाफमा रेड्सका लागि युसुके मट्सुले गोल गर्दै टिमलाई २–१ गोलको अवस्थामा ल्याए । यता रिभर प्लेटका लागि खेलको ७३औँ मिनेटमा म्याक्सिमिलियोन मेजाले गोल गर्दै टिमलाई ३–१ गोलको जित दिलाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप