क्लब विश्वकप : डर्टमन्ड बराबरीमा रोकियो, रिभर प्लेटको सहज जित
सारांश
- क्लब विश्वकप फुटबलको समूह 'एफ' मा बोरुसिया डर्टमन्ड ब्राजिलको फ्लुमिनेसेसंँग गोलरहित बराबरीमा रोकियो।
- समूह 'ई' अन्तर्गत, अर्जेन्टिनाको रिभर प्लेटले जापानको उरावा रेड डाइमन्ड्सलाई ३-१ ले पराजित गर्यो।
- रिभर प्लेटका लागि फाकुन्डो कोलिडो, सेवास्टियन र म्याक्सिमिलियोन मेजाले गोल गरे।
एजेन्सी । क्लब विश्वकप फुटबलको समूह ‘एफ’ अन्तर्गत बुधबार बिहान भएको खेलमा बोरुसिया डर्टमन्ड बराबरीमा रोकिएको छ ।
मेटलाइफ स्टेडियममा ब्राजिलको फ्लुमिनेन्सेसँगको खेलमा गोलरहित बराबरीमा रोकिएको हो । जर्मनको बलियो टोली पहिलो खेलमा बराबरी खेल्दा अघिल्लो चरण प्रवेशमा भने केही असहज हुनेछ ।
त्यस्तै बुधबार बिहान भएको समूह ‘ई’ अन्तर्गतको खेलमा अर्जेन्टिनाको रिभर प्लेटले जापानको उरावा रेड डाइमन्ड्सलाई ३–१ ले पराजित गर्दै प्रतियोगितामा आफूलाई बलियो अवस्थामा राखेको छ ।
रिभर प्लेटका लागि खेलको १२औँ मिनेटमा फाकुन्डो कोलिडोले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यस्तै ४८औँ मिनेटमा सेवास्टियनले गोल गर्दै टिमको आग्रता दोब्बर बनाए ।
दोस्रो हाफमा रेड्सका लागि युसुके मट्सुले गोल गर्दै टिमलाई २–१ गोलको अवस्थामा ल्याए । यता रिभर प्लेटका लागि खेलको ७३औँ मिनेटमा म्याक्सिमिलियोन मेजाले गोल गर्दै टिमलाई ३–१ गोलको जित दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण