अस्ट्रेलियाले हटायो समलिङ्गी पुरुषलाई रक्त, प्लाज्मा दानमा लगाएको प्रतिबन्ध
सारांश
- अस्ट्रेलियाले समलिङ्गी र उभयलिङ्गी पुरुषलाई रगत र प्लाज्मा दानमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ।
- यो निर्णय बेलायत र अमेरिकाको कदमसँग मिल्दोजुल्दो छ, जसले प्लाज्मा दानमा यौन गतिविधिमा आधारित प्रतिबन्ध हटाएका थिए।
- नयाँ नियमअनुसार, अब एउटै पार्टनरसँग ६ महिना वा सोभन्दा बढी समयदेखि यौन सम्बन्धमा रहेका व्यक्तिले रगत दान गर्न सक्नेछन्।
मेलबर्न । अस्ट्रेलियाले समलिङ्गी र उभयलिङ्गी पुरुषलाई रगत र प्लाज्मा दान गर्नमा लगाएको प्रतिबन्ध पूरै हटाउने भएको छ । एचआईभी सङ्क्रमणको जोखिम उच्च ठानेर सरकारले यी समूहलाई रगत र प्लाज्मा दान गर्नबाट रोकेको थियो ।
आगामी महिनादेखि लागू हुने गरी प्रतिबन्ध हट्न लागेको हो । बेलायत र अमेरिकाले यस्तै खालको कदम चालेपछि त्यहाँको सरकारले पनि यो निर्णय गरेको हो । प्लाज्मा दानमा यौन गतिविधिमा आधारित सबै खाले प्रतिबन्ध फुकाउने अस्ट्रेलिया पहिलो देश बनेको छ ।
यो नियमलाई त्यहाँको स्वास्थ्य सामाग्रीको नियमन गर्ने नियामकले पनि पारित गरेको छ । अब भने एउटै पार्टर सँग मात्रै ६ महिना वा सो भन्दा बढी समयदेखि यौन सम्बन्धमा रहेका अधिकांश व्यक्तिले दान दिन सक्ने भएका छन् । यसमा उनीहरूको लिंग वा यौनिकता हेरिनेछैन ।
नयाँ नियम अन्तर्गत लाइफब्लुडले रक्त दान दिन आउने पुरुषलाई अघिल्लो तीन महिनामा कुनै पुरुषसँग यौन सम्बन्ध राखेको थियो कि भनेर सोध्ने छैन ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण