नरेन्द्र मोदी र डोनाल्ड ट्रम्पबिच ३५ मिनेट फोनवार्ता : के –के भयो कुराकानी ?

समाचार सारांश
- प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोन वार्ता भएको छ, जसमा ३५ मिनेट कुराकानी भयो।
- मोदीले ट्रम्पलाई अपरेसन सिन्दूरबारे जानकारी गराए र भारत-अमेरिका व्यापार सम्झौता जस्ता विषयमा छलफल नभएको बताए।
- ट्रम्पले भारतको आतंकवादविरुद्धको लडाइँलाई समर्थन जनाए र भारतले कुनै पनि मध्यस्थता स्वीकार नगर्ने कुरामा जोड दिए।
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फोनमा कुराकानी गरेका छन् । भारतका विदेश सचिव विक्रम मिस्रीका अनुसार यो फोनवार्ता ३५ मिनेटसम्म चलेको थियो । ‘पहलगाममा आतङ्कवादी हमलापछि दुई नेताहरूबिच यो पहिलो कुराकानी थियो । त्यसैले प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पसँग अपरेसन सिन्दूरबारे विस्तृत रूपमा कुरा गरे’ मिस्रीले भने ।
यो सम्पूर्ण घटनाको समयमा, भारत–अमेरिका व्यापार सम्झौता वा भारत र पाकिस्तानबिच अमेरिकाको मध्यस्थता जस्ता विषयहरूमा कहिल्यै कुनै पनि स्तरमा छलफल नभएका मोदीले ट्रम्पलाई बताएको पनि मिस्रीले भने । आफ्नो मध्यस्थताका कारण भारत र पाकिस्तानबिच युद्धविराम भएको मे १० मा डोनाल्ड ट्रम्पले भनेका थिए ।
त्यस समयमा पनि भारतले कुनै पनि प्रकारको मध्यस्थतालाई अस्वीकार गरेको थियो । ‘सैन्य कारबाही रोक्ने विषयमा भारत र पाकिस्तानबिच दुई सेनाबिच स्थापित विद्यमान च्यानलहरू मार्फत प्रत्यक्ष छलफल गरिएको थियो र यो पाकिस्तानको आग्रहमा भएको थियो । प्रधानमन्त्री मोदीले जोड दिएर भनेका थिए कि भारतले कहिल्यै मध्यस्थता स्वीकार गरेको छैन, स्वीकार गर्दैन र कहिल्यै गर्ने छैन । यस विषयमा भारतमा पूर्ण राजनीतिक एकमत छ ।’ मिश्रीले भने ।
मोदीले राखेका बुँदाहरू ट्रम्पले विस्तृत रूपमा बुझेको र आतङ्कवाद विरुद्धको भारतको लडाइँलाई समर्थन व्यक्त गरेको पनि मिस्रीले बताए । भारतले अब आतङ्कवादलाई छदम युद्धको रूपमा नभएर युद्धकै रूपमा हेर्ने र भारतको अपरेसन सिन्दूर अझै पनि जारी रहेको ट्रम्पलाई भनिएको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरआर क्याम्पसको स्ववियुले पायो वैधानिकता
-
स्वास्थ्यमा उच्च तहकै कर्मचारीले टेरेनन् मन्त्रीको निर्देशन
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले मागे मन्त्रीको राजीनामा
-
अमेरिकी दूतावासले भन्यो - एमसीसी पूर्ण कार्यान्वयन हुन्छ
-
साउनदेखि ईसीडी शिक्षकदेखि विद्यालय कर्मचारीसम्मको तलब बढ्ने
-
गोलरक्षक ग्रासिया बार्सिलोनामा, विलियम्सन पनि भित्र्याउने तयारी