बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय

प्रिमियर लिग : नयाँ सिजनको पहिलो खेलमा लिभरपुल र बर्नमाउथ भिड्ने

बुधबार, ०४ असार २०८२, १४ : ४६
बुधबार, ०४ असार २०८२

समाचार सारांश

  • प्रिमियर लिग फुटबलको नयाँ सिजन २०२५-२०२६ को खेल तालिका सार्वजनिक भयो।
  • पहिलो खेल अगस्ट १५ मा लिभरपुल र एएफसी बर्नमाउथबीच हुनेछ, जुन नेपाली समय अनुसार राति ८ बजे सुरु हुनेछ।
  • पहिलो साताको खेल तालिकामा एस्टन भिल्ला, ब्राइटन, नटिङ्घम फरेस्ट, सन्डरल्यान्ड, टोटेनहम जस्ता टिमहरू प्रतिस्पर्धा गर्नेछन्।

काठमाडौँ । प्रिमियर लिग फुटबलको नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको छ । प्रिमियर लिगले नयाँ सिजन २०२५–२०२६ का लागि बुधबार तालिका सार्वजनिक गरेको हो । 

तालिका अनुसार नयाँ सिजनको पहिलो खेलमा अगस्ट १५ मा साविकको च्याम्पियन टोली लिभरपुलले एएफसी बर्नमाउथसँग प्रतिस्पर्धा गर्ने भएको छ । खेल नेपाली समय अनुसार राति ८ बजे सुरु हुनेछ । 

प्रतियोगिता अन्तर्गत १५ तारिकको राति १२ः३० बजे एस्टोन भिल्लले न्यु क्यासल युनाइटेसँग भिड्दा ब्राइटनले फुलहमसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै नथिघम फरेस्टले ब्रर्नफोर्डसँग खेल्नेछ । नव प्रवेशी सन्डरल्यान्डले वेस्टहमसँग खेल्दा टोटेनहमले वर्नलीलाई आतिथ्यता प्रदान गर्नेछ । 

१६ तारिकको साँझ ५ः३० मा वोल्भरह्याम्प्टन वान्डेर्सले म्यान्चेस्टरसँग खेल्नेछ । पहिलो साता १७ तारिकको दिउँसो २ बजे चेल्सीले क्रिस्टलप्यालेससँग खेल्नेछ भने साँझ ४ः३० मा म्यान्चेस्टर युनाइटेडले आर्सनलसँग खेल्नेछ । 

पहिलो साताको अन्तिम खेमला १८ तारिखमा राति ८ बजे लिड्स युनाइटेडले एभर्टनसँग खेल्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप