कर्णालीले राज्यको मूल प्रवाहमा महत्त्वपूर्ण स्थान ओगटेको छ : मन्त्री ठकुरी
सारांश
- वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले कर्णालीको विकास र राज्यको मूल प्रवाहमा महत्त्वपूर्ण स्थान रहेको बताए।
- मन्त्रीले कर्णाली पछि परेको नभई हरेक क्षेत्रमा अगाडि बढिरहेको र सबै मिलेर विकासमा लाग्नुपर्नेमा जोड दिए।
- उनले राजनीतिक आस्था फरक भए पनि देशलाई सङ्कट पर्दा सबै मिलेर निकास दिनुपर्ने र कर्णालीका प्रतिभाको योगदान रहेको बताए।
काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले कर्णालीले विकास निर्माणदेखि राज्यको मूल प्रवाहमा महत्त्वपूर्ण स्थान ओगटेको बताएका छन् । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कर्णाली पछि परेको भनिए पनि आफूलाई त्यस्तो नलागेको बताए ।
उनले हरेक कुरामा कर्णाली अगाडी बढिरहेको जिकिर गरे । मन्त्री ठकुरीले सबै राजनीतिक दल र जनप्रतिनिधिहरू कर्णालीको विकासको लागि एकमतका साथ अगाडि बढिरहेको दाबी गरे । उनले विकास निर्माणका सवालमा सबै एकसाथमा रहेको बताउँदै आगामी दिनमा पनि सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
उनले राजनीतिक आस्था र विश्वास आ–आफ्नो ठाउँमा भए पनि देशलाई सङ्कट परेको बेलामा सबै एक ठाउँमा आएर देशलाई निकास दिनु र विकास गर्नु सबैको कर्तव्य रहेको जिकिर गरे ।
उनले भने, ‘हामी अहिले कर्णालीलाई पछि परेको आदी, इत्यादि भन्छौँ । मलाई लाग्छ, त्यस्तो भइरहेको छैन । अहिले हरेक कुरामा कर्णाली अगाडी बढिरहेको छ । विकास निर्माणको कुरादेखि लिएर राज्यको मूल प्रवाहमा अहिले कर्णालीले महत्त्वपूर्ण स्थान ओगटेको छ । हामी सबै राजनीतिक दलहरू, जनप्रतिनिधिहरूले कर्णालीलाई साझा रूपमा विकासको लागि एकमतका साथ अगाडी बढ्ने जुन प्रयत्न भइरहेको छ र हामी लागि नै राखेका छौँ ।’
उनले थप भने, ‘विकास निर्माणका सवालमा हामी सबै एकसाथमा छौँ । आगामी दिनमा पनि सबै मिलेर अगाडी बढ्नु छ । यो देशको विकासको लागि राजनीतिक आस्था र विश्वास आ–आफ्नो ठाउँमा भए पनि देशलाई सङ्कट परेको बेलामा सबै राजनीतिक दलहरू एक ठाउँमा आएर देशलाई निकास र देशमा विकास गर्नु हामी सबैको कर्तव्य हो ।’
हरेक क्षेत्रमा कर्णालीका प्रतिभाहरू अगाडि बढिरहेको बताउँदै मुलुकको राजनीतिकदेखि प्रशासनिक क्षेत्रमा पनि कर्णालीको उल्लेखनीय उपस्थिति रहेको बताए । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण