प्रधानमन्त्रीदेखि मन्त्रीहरूको विदेश भ्रमणमा लर्को
सारांश
- मन्त्रिपरिषद् बैठकले चार मन्त्रीको विदेश भ्रमण स्वीकृत गरेको छ, जसमा प्रधानमन्त्रीको स्पेन भ्रमण पनि समावेश छ।
- भौतिक पूर्वाधार, खेलकुद, सञ्चार तथा सूचना र स्वास्थ्य मन्त्री विभिन्न फोरम र बैठकमा भाग लिन विदेश जाँदैछन्।
- बैठकले भारतको पुणेमा हुने नेपाल-भारत द्विपक्षीय परामर्श समूहको बैठकमा भाग लिने प्रतिनिधि मण्डल पनि गठन गरेको छ।
काठमाडौँ । सरकारले चार जना मन्त्रीको विदेश भ्रमण स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणसहित चार जना मन्त्रीको विभिन्न देश भ्रमण स्वीकृत गरेको हो ।
मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार यही असार १३ गतेदेखि १५ गतेसम्म टर्कीमा हुने ग्लोबल टान्सपोर्ट कनेक्टिभिटी फोरम २०२५ मा सहभागी हुन भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई सहभागी हुन स्वीकृति प्रदान गरेको हो ।
त्यसैगरी असार ३ र ४ गते दुबईमा हुने २० औँ एसियाओसनिया रिजन इन्टर गभर्मेन्टल मिनिष्टिरियल मिटिङ एण्टी डोपिङ( एओआरआईएम) कार्यक्रममा सहभागी हुन खेलकुद मन्त्री तेजुलाल चौधरीलाई बैठकले स्वीकृति दिएको छ ।
सोही बैठकले असार २३ देखि २७ गतेसम्म स्वीजरल्यान्डको जेनेभामा सञ्चालन हुने वर्ल्ड समिट अन द इन्फरमेसन सोसाइटीका लागि सञ्चार तथा सूचना मन्त्री पृथ्वी सुब्बा गुरुङको भ्रमण स्वीकृत गरेको छ ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलको बैंकक भ्रमण पनि स्वीकृत भएको छ । मन्त्री पौडेल असार ९ देखि १३ सम्म थाइल्याण्डको बैंककमा हुने थर्ड मिनिस्टरियल कन्फरेन्स अन सिभिल रजिष्ट्रेसन एन्ड भाइटल स्टाटिक्स कार्यक्रमका लागि त्यसतर्फ जाँदै छन् ।
यसबाहेक असार ९ र १० गते भारतको पुणेमा आयोजना हुने नेपाल भारत द्विपक्षीय परामर्श समूहको १६ औँ बैठकमा नेपालका तर्फबाट सहभागी हुने प्रतिनिधि मण्डल गठन गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।
यसबाहेक सोमबारकै बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा असार १६ देखि २१ सम्म स्पेन भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको गठन गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण