शुक्रबार, ०६ असार २०८२
ताजा लोकप्रिय
अपडेट

सभामुखले गरे प्रमुख सचेतक र कानुन मन्त्रीसँग छलफल

बिहीबार, ०५ असार २०८२, ११ : ४७
बिहीबार, ०५ असार २०८२

समाचार सारांश

  • सभामुख देवराज घिमिरेले नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रमुख सचेतक र कानुन मन्त्रीसँग संसद् अवरोधबारे छलफल गरे।
  • रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालय र अध्यागमनका कर्मचारीको संलग्नताको छानबिन माग गर्दै संसद अवरुद्ध गरेको छ।
  • संसद् अवरोधका कारण बजेट र महत्त्वपूर्ण विधेयकहरूमाथि छलफल हुन सकेको छैन। प्रतिनिधि सभाको बैठक आज ११ बजे बोलाइएको छ।

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र कानुन मन्त्रीसँग छलफल गरेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा सभामुख घिमिरेले संसद् अवरोध हटाउने विषयमा छलफल गरेका हुन् । 

संसद्को चौथो दल रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालय र अध्यागमन कार्यालयका कर्मचारीसमेत संलग्न रहेको भन्दै छानबिनको माग गर्दै संसद् अवरोध गरिरहेको छ । 

संसद् अवरोधका कारण बजेटमाथिको छलफल र महत्त्वपूर्ण विधेयकहरू अघि बढ्न सकेका छैनन् । आज ११ बजेलाई बोलाएको प्रतिनिधि सभा बैठक अघि सभामुखले दलका प्रमुख सचेतक र कानुन मन्त्रीसँग छलफल गरेका हुन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप