शुक्रबार, ०६ असार २०८२
ताजा लोकप्रिय

भिजिट भिसा प्रकरणलाई मानव तस्करीसँग जोडेर हेर्न मिल्दैन : सांसद घिमिरे

बिहीबार, ०५ असार २०८२, १९ : ४१
बिहीबार, ०५ असार २०८२

काठमाडौँ । प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले भिजिट भिसा प्रकरणलाई मानव तस्करीसँग जोडेर हेर्न नमिल्ने बताएका छन् । 

बिहीबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै घिमिरेले आफ्नै इच्छाले मानिसहरु भिजिट भिसाका माध्यमबाट बाहिर गएकाले त्यसलाई मानवतस्करीसंग जोडेर हेर्न नमिल्ने बताएका हुन् । भिजिट भिसा प्रकरणमा अख्तियारले अनुसन्धान गरिरहेको र मुद्दा अभियोजन समेत नभएको अवस्थामा कसैलाई दोषि किटान गर्न नमिल्ने उनले बताए । 

भिजिट भिसा प्रकरणमा अनावश्यक माग राखेर रास्वपालाई फिर्ता हुन गाह्रो भइरहेको भन्दै घिमिरेले वार्ता गरेर रास्वपालाई सहमतिमा ल्याउने जिकिर गरे । 

घिमिरेले संदनमा देखिएको समस्या केहि दिनमा नै समाधान हुने उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप