शनिबार, ०७ असार २०८२
ताजा लोकप्रिय

युट्युबमा रेखाले सुरु गरिन् कार्यक्रम ‘दोस्रो अध्याय’

शुक्रबार, ०६ असार २०८२, १३ : ५१
शुक्रबार, ०६ असार २०८२

समाचार सारांश

  • अभिनेत्री रेखा थापाले युट्युबमा 'दोस्रो अध्याय' कार्यक्रम सुरु गरेकी छिन्, जुन स्वास्थ्य शिक्षामा आधारित छ।
  • पहिलो भागमा उनले गर्भवती महिलाका लागि आवश्यक शिक्षाबारे डाक्टरसँग कुराकानी गरेकी छन्।
  • थापाले यो कार्यक्रमलाई आमाहरूको जीवन र विभिन्न पक्षहरूसँग जोड्ने यात्राको रूपमा लिएकी छिन्।

काठमाडौँ । अभिनेत्री रेखा थापाले ‘दोस्रो अध्याय’ नामक कार्यक्रम सुरु गरेकी छन् । उनले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत उक्त कार्यक्रम सुरु गरेकी हुन् ।  कार्यक्रम कुराकानीमा आधारित रहेको थापाले बताइन् ।

उनका अनुसार स्वास्थ्य तथा शिक्षाका विषयमा आधारित रहेर निर्माण भएको कार्यक्रमको पहिलो भाग बिहीबार प्रसारण भएको छ । यो भागमा उनले ‘गर्भवती महिलालाई के ज्ञान वा के शिक्षा चाहिन्छ ?’ भन्ने विषयमा डा.ज्योत्सना शर्मा तिवारीसँग कुराकानी गरेकी छन् । 

‘दोस्रो अध्याय’ केवल एक कार्यक्रम मात्र नभएर आफ्नो  यात्रा समेत भएको रेखाले बताइन् । ‘सबै आमाहरूको, जसको जीवन आमा भएपछि नयाँ बाटोमा हिँड्छ । यो शृङ्खलामा, म डाक्टरहरूसँग, आमाहरूसँग र जीवनका विभिन्न पाटोहरूसँग जोडिएका पात्रहरूसँग कुराकानी गर्छु’, उनले भनिन्, ‘गर्भधारणदेखि प्रसूति र आमाको आत्मबलसम्म सबै कुरा खुल्दुली पाराले खोतल्छु ।’ कार्यक्रम दर्शकको ध्यानलाई मध्यनजर गरेर निर्माण गर्ने उनले सुनाइन् ।

 रेखा राप्रपाबाट राजनीतिमा समेत सक्रिय छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप