शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

नक्कली प्रहरी पक्राउ, अपाङ्गलाई समेत डर देखाएर असुल्थे रकम

शुक्रबार, ०६ असार २०८२, १९ : ५३
शुक्रबार, ०६ असार २०८२

काठमाडौँ । मोरङको विराटनगर महानगरपालिका वडा नम्बर १६ स्थित रानी–जोगबनीबाट नक्कली प्रहरी पक्राउ परेका छन् । सोही महानगरको वडा नम्बर १२ बस्ने २५ वर्षिय धन कुमार थारुलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक(डीएसपी) कोपिला चुडालका अनुसार उनले शारीरिक रुपमा अपाङ्ग रहेका व्यक्ति लगायत सर्वसाधरण व्यक्तिहरुसंग जोगबनीबाट विराटनगरतर्फ घरायसी सामान लिएर आउँदै गर्दा प्रहरी हो भन्दै डर त्रास देखाई रकम लिने गरेका थिए ।

उनीमाथि जिल्ला प्रशासन कार्यालय मोरङबाट अभद्र व्यवहार सम्बन्धी कसूरमा ५ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको डीएसपी चुडालले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप