आँचलले साइन गरिन् ‘झिँगेदाउ-२’
सारांश
- नायिका आँचल शर्मा फिल्म 'झिँगेदाउ २' मा अनुबन्धित भएकी छिन्, निर्माता र निर्देशक ज्ञानेन्द्र देउजासँग सम्झौता भयो।
- केकी अधिकारी र मुकुन भुसाल पनि फिल्ममा जोडिएका छन्, दशैँपछि छायाङ्कन सुरु हुने तयारी छ।
- 'झिँगे दाउ' कै सिक्वेलको रुपमा बन्न लागेको यो फिल्मको कथावस्तु र लोकेसनको काम भइरहेको छ।
काठमाडौँ । नायिका आँचल शर्मा फिल्म ‘झिँगेदाउ २’मा अनुबन्धित भएकी छिन् । आँचल र फिल्मका निर्माता तथा निर्देशक ज्ञानेन्द्र देउजाबिच अभिनय सम्झौता भएको छ । फिल्ममा यसअघि नायिकाको रूपमा केकी अधिकारी पनि जोडिएकी छिन् । फिल्ममा नायक मुकुन भुसाल पनि जोडिएको निर्देशक देउजाले जानकारी दिए ।
‘झिँगे दाउ’कै सिक्वेलको रुपमा ‘झिँगेदाउ २’ बन्न लागेको हो । फिल्मको लोकेसन हेर्ने काम पनि चलिरहेको छ । कथावस्तुको काम पनि अगाडि बढिरहेको छ । निर्देशक देउजाका अनुसार, दशैँपछि फिल्मको छायाङ्कन सुरु गर्ने तयारी गरिएको छ । ‘झिँगे दाउ’ जहाँ सकिएको थियो, सोही ठाउँबाट यसको सिक्वेलको उठान गरिनेछ ।
यसपटकको कथा अझै रोचक हुने निर्माणपक्षले बताएको छ । फिल्ममा यसपटक ‘झिँगे दाउ’का कलाकारहरूको साथमा अन्य केही नाम चलेका कलाकारहरू पनि लिने तयारी गरिएको छ ।
दर्शकले ‘झिँगे दाउ’लाई निकै रुचाएका थिए । फिल्मको गीतसंगीत, कथावस्तुलाई दर्शकले निकै रुचाएपछि यसको निर्माणपक्ष सिक्वेल बनाउन उत्साहित भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण