बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

म सङ्घीयताको विरोधी होइन तर सङ्घीयता नेपालमा सम्भव छैन : अध्यक्ष केसी

शनिबार, ०७ असार २०८२, १४ : ५७
शनिबार, ०७ असार २०८२

सारांश

  • राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीय प्रणालीको विरोध नगरेको बताए।
  • केसीले संविधान निर्माण गर्दा खुसीराजीले सङ्घीयता स्वीकार नगरिएको र अहिले जनतालाई प्रदेशको आवश्यकता नभएको बताए।
  • उनले प्रदेशको भारी बोकाएर नेपाललाई ऋणमा डुबाउने उद्देश्यले सङ्घीयता ल्याइएको आरोप लगाए, र स्थानीय तहलाई बलियो बनाउनुपर्ने बताए।

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफू सङ्घीय प्रणालीको विरोधी नभएको बताएका छन् । शनिबारको प्रतिनिधि सभा बैठकमा बोल्दै केसीले नेपालमा संविधान निर्माण गर्दा खुसीराजीले सङ्घीयता स्वीकार नगरिएको बताएका हुन् । 

उनले अहिले नेपाली जनतालाई त्यो प्रदेशको आवश्यकता नभएको बताए । प्रदेशको भारी बोकाएर नेपाल राष्ट्रलाई ऋणमा डुबाएर बिचल्ली गराउने उद्देश्यका साथ सङ्घीयता बोकाइदिएको उनको जिकिर छ । 

उनले भने, ‘म त्यो दुवै संविधान सभामा छु । केके भएर संविधानमा सङ्घीयता स्वीकार गरिएको हो ? अहिले नेपाली जनतालाई त्यो प्रदेशको आवश्यकता हो ? नेपाली जनतालाई होइन, त्यो प्रदेशको भारी बोकाएर नेपाल राष्ट्रलाई ऋणमा डुबाएर बिचल्ली गराउने उद्देश्यका साथ सङ्घीयता बोकाइदिएको थियो । अहिले ठुलो सङ्ख्या छ नेपालमा जनताको की चित्रबहादुरलाई अरू कुरा त केही छैन, कुरा मात्रै गर्छ भन्छन् । प्रदेश खारेज गर्ने कुरा ठिक छ भन्छन् । मैले भन्न मन लागेर भनेको होइन । कुनै पनि प्रणाली राष्ट्रको हितमा हुन्छ । मलाई त भन्दा भन्दा चित्रबहादुर सङ्घीयताविरोधी हो रे । म किन हुने सङ्घीयता विरोधी ? नेपालमा सङ्घीयता सम्भव छैन । यसको आवश्यकता छैन भन्नु र सङ्घीय प्रणालीको विरोध हुने एउटै कुरा हो ? यो गलत ।’

सांसद केसीले प्रदेशमा हुने खर्च स्थानीय तहलाई दिएर स्थानीय तह बलियो बनाउनुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप