समाचार
बन्धक बनाइएका ३५ नेपालीको भारतबाट उद्धार
शनिबार, ०७ असार २०८२, २० : १०
सारांश
- नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतको उत्तराखण्डबाट ३५ नेपालीको उद्धार गरेको छ।
- आकर्षक जागिरको प्रलोभनमा पारी बन्धक बनाइएका नेपालीहरूलाई दूतावासले प्रहरीको सहयोगमा उद्धार गरेको हो।
- उद्धार गरिएका युवाहरूलाई कुटपिट र यातना दिने व्यक्तिहरूलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले ३५ जना नेपालीहरूको उद्धार गरेको छ । आकर्षक जागिरको प्रलोभनमा भारतको उत्तराखण्डको काशीपुर पुर्याई बन्धक बनाइएका ३५ नेपालीहरूको दूतावासले उद्धार गरेको हो ।
दूतावासले शनिबार एक विज्ञप्ति जारी गर्दै उत्तराखण्ड प्रहरी र केआइन इन्डियाको सहयोगमा उनीहरूको उद्धार गरिएको जनाएको छ । उत्तराखण्ड पुर्याइएका युवाहरूलाई कुटपिट र यातना दिँदै विभिन्न शीर्षकमा रकम समेत असुल गरेको आरोपमा केही व्यक्तिहरूलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरेको समेत दूतावासले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण