चन्द्रागिरिमा झगडा हुँदा एक जनामाथि चक्कु प्रहार, आरोपी पक्राउ
आइतबार, ०८ असार २०८२, ११ : ४५
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–४ स्थित गोदामचौरमा आपसी विवाद हुँदा एकजनाले चक्कु प्रहार गरेका छन् । चक्कु प्रहारबाट ४६ वर्षीय सुकबहादुर लामा घाइते भएका छन् । उनको चिउँडोमा चोट लागेको छ ।
चक्कु प्रहारमा संलग्न २५ वर्षीय महेश्वर लामालाई प्रहरीले पक्राउ गरेको छ । युवकले मदिरा सेवन गरेर आपसी विवाद हुँदा चक्कु प्रहार गरेका हुन् ।
घाइते सुकबहादुरलाई उपचारको लागि ललितपुर स्थित बीएण्डबी अस्पतालमा भर्ना गरिएको छ । घटनाबारे प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
-
मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल
-
एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण