चर्किँदै इजरायल–इरान द्वन्द्व : एकअर्काको सैन्य स्थलमा आक्रमण
काठमाडौँ । इजरायल र इरानबिचको द्वन्द्व चर्किँदै गएपछि दुवै देशले एकअर्काको सैन्य स्थलहरूमा आक्रमण गर्न थालेका छन् । इरानका कयौँ सैन्य अड्डाहरूमा आक्रमण गरिएको इजरायली रक्षा बल (आईडीएफ)ले बताएको छ । आईडीएफले माइक्रो ब्लगिङ वेबसाइट एक्समार्फत उक्त जानकारी दिएको हो ।
‘आईडीएफले पश्चिमी इरानका कयौँ सैन्य अड्डाहरूमा आक्रमण गर्न थालेको छ । आज बिहान, आईडीएफले इजरायलमाथि आक्रमण गर्न तयार रहेका ती मिसाइल लन्चरहरूलाई पनि निशाना बनाएको छ ,’उक्त पोस्टमा लेखिएको छ ।
आफ्ना सेनाले इरानी सैनिकहरूलाई समेत आक्रमण गरेको बताइएको छ । ‘केही समय अघि इजरायलतर्फ प्रहार गरिएका क्षेप्यास्त्रहरू पनि तुरुन्तै निष्क्रिय पारिएका थिए,’ आईडीएफले भनेको छ ।
यस्तै इरानले पनि बेन गुरियन विमानस्थल सहित इजरायलका धेरै क्षेत्रहरूलाई निशाना बनाएर आक्रमण गरिरहेको छ । यस बाहेक आक्रमण गरिएका अन्य ठाउँमा इजरायली सेनालाई मद्दत गर्ने केन्द्रहरू, सेनाको कमान्ड र नियन्त्रण कार्यालय र जैविक अनुसन्धान केन्द्र समावेश छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण