संसद् भवनको क्यान्टिनमा लडेका मजदुर खतरामुक्त
आइतबार, ०८ असार २०८२, १७ : ३६
सारांश
- नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको क्यान्टिनमा काम गर्दा एक कामदार घाइते भएका छन्।
- काभ्रेका दीपेश तामाङ क्यान्टिन मर्मतका क्रममा लडेर घाइते भएका हुन्, उनको सिभिल अस्पतालमा उपचार भइरहेको छ।
- २८ वर्षीय तामाङको छाती, टाउको र बायाँ हातमा चोट लागेको छ, तर उनको अवस्था खतरामुक्त रहेको बताइएको छ।
काठमाडौँ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित क्यान्टिनमा काम गर्दा लडेर घाइते भएका कामदारको उपचार भइरहेको छ । क्यान्टिन मर्मतको क्रममा काभ्रे घर भएका दीपेश तामाङ घाइते भएका हुन् ।
२८ वर्षीय तामाङको सिभिल अस्पतालमा उपचार हुँदैछ । उनको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । उनको छाती, टाउको र बायाँ हातमा चोट लागेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण