पोखरा महानगरले ल्यायाे साढे ८ अर्बकाे बजेट
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि झन्डै साढे ८ अर्बको बजेट ल्याएकाे छ । उपमेयर मन्जुदेवी गुरुङले आगामी वर्ष कार्यान्वयन गर्ने गरी ८ अर्ब ३५ करोडको बजेट प्रस्तुत गरेकी हुन् ।
पूरा बजेटमध्ये सङ्घ सरकारको सशर्त अनुदानबाट ३ अर्ब १३ करोड अर्थात ३६.१३ प्रतिशत र अन्य स्रोतबाट ५ अर्ब २२ करोड अर्थात् ६३.८७ प्रतिशत छ ।नगरपालिकाले ९५ करोड खर्च गर्ने गरी प्रस्ताव गरिएको छ । यसबाहेक सामाजिक विकासमा ३८ करोड, आर्थिक विकासमा १८ करोड, वडा कार्यालयमा १ अर्ब, पूर्वाधार तर्फ २ अर्ब ३३ करोड, सहरी विकास, पर्यटन, वन तथा वातावरणमा ३८ करोड बजेट प्रस्ताव गरिएको गुरुङले बताइन् ।
पूरा बजेटलाई आन्तरिक राजस्वबाट ३ अर्ब २३ करोड पूर्ति गर्ने लक्ष्य छ । प्रदेश राजस्व बाँडफाँटबाट ४ करोड २८ लाख, सङ्घको राजस्व बाँडफाँटबाट ३३ करोड ८लाख, सङ्घको समानीकरण अनुदान ५२ करोड ८७ लाख, प्रदेश समानीकरण अनुदान ८ करोड १५ लाख प्राप्त हुने अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण