राति पाँच प्रदेशका विभिन्न स्थानमा चट्याङसहित वर्षा
सतर्कता अपनाउन अपिल
आइतबार, ०८ असार २०८२, २३ : ३९
सारांश
- आइतबार मध्यरातमा कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा भयो।
- मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षा गराउने बादल दक्षिणतर्फ सर्दै गएका छन्, जसले गर्दा वर्षाको सम्भावना बढेको छ।
- महाशाखाले मौसममा तीव्र उतारचढाव र चट्याङको जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाउन अनुरोध गरेको छ।
काठमाडौँ। कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका विभिन्न स्थानहरूमा अहिले (आइतबार राति) मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार वर्षा गराउने बादलहरू दक्षिणतर्फ सर्दै गइरहेका छन्, जसका कारण आगामी घण्टाहरूमा थप वर्षा हुन सक्ने सम्भावना रहेकाे छ।
मौसममा तीव्र उतारचढाव र चट्याङको जोखिम भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण