पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
सोमबार, ०९ असार २०८२, १२ : ५८
सारांश
- होरा ईस्पोर्ट्सले पब्जी मोबाइल विश्वकप २०२५ मा स्थान पक्का गरेको छ।
- कजाखस्तानमा भएको सुपर लिगमा होरा ईस्पोर्ट्स दोस्रो स्थानमा रह्यो, जहाँ उसले १३९ अंक जोड्यो।
- विश्वकपमा छनोट हुनका लागि शीर्ष तीन टिमले प्रतिस्पर्धा गरेका थिए, जसमा होरा ईस्पोर्ट्सले बाजी मार्यो।
काठमाडौँ । नेपाली टिम होरा ईस्पोर्ट्स ‘पब्जी मोबाइल विश्वकप २०२५’ मा छनोट भएको छ । होरा ईस्पोर्ट्स पब्जी मोबाइल सुपर लिग सेन्ट्रल एन्ड साउथ एसिया स्प्रिङ २०२५ मा सहभागी तीन नेपाली टिममध्ये विश्वकप खेल्ने भएको छ ।
होरा ईस्पोर्ट्सले कजाखस्तानको अल्माटीमा आइतबार सम्पन्न सुपर लिगका १८ खेलमा एक सय ३९ अंक जोड्दै दोस्रो स्थान हासिल गरेको थियो । यो प्रतियोगितामा मंगोलिया–चिनियाँ टिम अल्फा गेमिङ एक सय ७० अंकसहित पहिलो भयो भने पाकिस्तानको फोरथ्राइभ्स ईस्पोर्ट्स एक सय ३७ अंकसहित तेस्रोमा रह्यो ।
कुल २ लाख अमेरिकी डलर पुरस्कारको प्रतियोगिताबाट शीर्ष तीन टिम टिम विश्वकपमा छनोट हुने प्रावधान रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण